राजनीति
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले रासायनिक मल जीटूजी (सरकार–सरकार)को माध्यमबाट खरिद गरिने बताएका छन् ।
शुक्रबार राष्ट्रको नाममा सम्बोधन गर्दै उनले किसानहरूलाई समयमै रासायनिक मल वितरण गर्न बजेट वृद्धि गरेर १५ अर्ब पुर्याइएको बताए ।
उनले १ लाख ३ हजार मेट्रिक टन मल आयात गरेर वितरण गरिएको पनि बताए । थप रसायनिक मल आयतका लागि १३ अर्ब बजेट व्यवस्थापन गरेको भन्दै उनले जीटूजी माध्यामबाट थप रासायनिक मल खरिद प्रक्रिया अघि बढ्ने बताए ।
प्रकाशित मिति: शुक्रबार, माघ ७, २०७८ १६:३७
प्रतिक्रिया दिनुहोस्