site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राष्ट्रिय टिममा विमलको पुनरागमन लगभग पक्का
SkywellSkywell

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्व अध्यक्ष गणेश थापाले आफ्नो भाषणमा प्रायः नछुटाउने एउटा वाक्य हो, “हामीले विमल जस्तो प्रतिभावान खेलाडी जन्माएका छौं ।” विमल अर्थात विमल घर्तिमगर । थापाको त्यही एक वाक्यले पुष्टि गर्छ, विमल कति प्रतिभावान र सम्भावना बोकेका खेलाडी हुन् । त्यसैले त विमलले १४ वर्षको उमेरमै राष्ट्रिय टोलीमा डेब्यू गर्न सफल भए । २०१३ को साफ च्याम्पियनसिपमा पाकिस्तानविरुद्ध गोल गरेपछि विमलको चर्चा अझ चृुलिएको थियो ।
 
यति धेरै सम्भावना बोकेका विमलको फुटबल करिअर भने सिधा रेखामा अघि बढेन । सानो उमेरमै विमलले ठूलो उतारचढाव भोगेका छन् । कहिले पारिवारिक कारण र कहिले शारीरिक चोट । कहिले भने आफ्नै बानी व्यवहार । तर, यतिबेला विमल पुनः आफ्नो करिअरलाई ‘राइट ट्रयाक’मा हिँडाउने प्रयासमा छन् ।  

राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले मोरिससविरुद्धको दुई मैत्रीपूर्ण खेलका लागि ३४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन् । त्यसमा विमल पनि सामेल छन् । लामो समयको उतारचढावपछि विमल अहिले राष्ट्रिय टोलीमा पुनरागमन गर्ने जमर्को गरिरहेका छन् । पछिल्लो समय चोटका कारण लामो समय मैदानबाहिर रहेका विमलले सहिद स्मारक ‘ए’ डिभिजन लिगमार्फत मैदानमा फर्किएका छन् ।
 
“लिगमा मैले सुरुमा १५ मिनेट जति खेलेँ होला । विस्तारै खेल्दै गएँ । पछिल्ला खेलमा फुलटाइम खेलेको छु । लिगमा गरेकै प्रदर्शनका आधरमा राष्ट्रिय टोलीमा बोलाइएको हो,” बिहीबार एन्फा मुख्यालयको मैदानमा प्रशिक्षण सकिएपछि विमलले भने ।
 
लिगको नवौं चरणमा विग्रेड ब्वाइजविरुद्ध दुई गोल गरेपछि विमलले भनेका थिए, “राष्ट्रिय टोलीका प्रशिक्षकले बन्द प्रशिक्षणमा बोलाउनु भएको छ । सक्दो मिहिनेत गरेर राष्ट्रिय टोलीमा स्थान बनाउन चाहन्छु ।”

विमलले पछिल्लोपटक राष्ट्रिय टोलीबाट खेलेको जोर्डनविरुद्ध हो । २०७६ असोजमा विश्वकप छनोटमा जोर्डनविरुद्ध खेलेपछि विमल राष्ट्रिय टोली बाहिर छन् । फिफा विश्वकप छनोटअन्तर्गत नै कुवेतविरुद्धको खेलमा पनि विमललाई बोलाइएको थियो । तर, खेल्न भुटान जानु अघिल्लो राति डिस्को गएको भन्दै एन्फा अनुशासान समितिले विमलसहित चार खेलाडीलाई कारवाही गरेको थियो । जसका कारण विमलले भुटान यात्रा गुमाएका थिए ।

KFC Island Ad
NIC Asia

विमलको गत वर्ष पुस पहिलो साता प्रशिक्षणका दौरान घुँडामा चोट लागेको थियो । उनको घुँडाको एन्टेरियर क्रुसिएट लिगामेन्ट (एसीएल) च्यातिएको थियो भने मेडिएल कोल्याटरल लिगामेन्ट (एमसीएल) मा पनि हल्का चोट लागेको थियो । कतारस्थित अस्पेटर अस्पतालमा विमलको शल्यक्रिया भएको थियो ।
 
शल्यक्रियापछि चोटमुक्त भएर फर्किएका विमलले यही लिगमार्फत मैदानमा पुनरागमन गरेका हुन् । मछिन्द्रबाट खेलेका विमलले जारी लिगमा तीन गोल गरिसकेका छन् । विग्रेड ब्वाइजविरुद्धको खेलमा उनी उत्कृष्ट लयमा पनि देखिएका थिए ।
 
यसबीचमा विमलले राष्ट्रिय टोलीको धेरै खेल गुमाए । नेपालले विश्वकप छनोटमा सुखद नतिजा निकाल्न नसके पनि माल्दिभ्सामा सम्पन्न साफ च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेको थियो । त्यसअघि नेपालमै सम्पन्न त्रिदेशीय खेलको उपाधि जित्यो । भारतविरुद्ध घरेलु मैदानमा खेल्यो । नेपाल साफमा पहिलोपटक फाइनलमा पुग्न सफल भयो । विमलले साफको त्यो पललाई निकै धेरै ‘मिस’ गरे ।

Royal Enfield Island Ad

“पहिलोपटक फाइनलमा पुग्न सफल भएको थियो । टिमको त्यो सफलतामा धेरै खुसी लाग्यो । तर, मैले ती क्षणहरुमा राष्ट्रिय टिमलाई एकदम धेरै मिस गरेँ,” विमलले भने, “अहिले आफूलाई सुधार गरेको छु । मान्छे उही विमल हुँ । तर, मैले बानी परिवर्तन गरेको छु ।”

मुख्य प्रशिक्षक अल्मुताइरीले यसपटक नयाँ खेलाडीलाई मौका दिन्छु भनेका छन् । विमल पनि अल्मुताइरीको प्रशिक्षणमा पहिलो पटक प्रशिक्षण गर्दैछन् । अल्मुताइरीले लिग अगाडि नै विमललाई भेटेका थिए । त्यतिबेला नै अल्मुताइरीले विमललाई भर्खरै चोटमुक्त भएर फर्किएकाले धेरै दबाबमा नखेल्न सुझाव दिएका थिए । विमलले पनि त्यसै गरे । उनले लिगका थोरै खेलमा मात्र ९० मिनेट खेले । जति समय मैदानभित्र विताए आफूलाई अब्बल सावित गरे ।

पछिल्लो समय नियमित राष्ट्रिय टोलीमा स्थान बनाएका नवयुग श्रेष्ठ चोटका कारण टिममा छैनन् । अल्मुताइरीले बोलाएका खेलाडीमध्ये अग्रपंक्तिमा सुशिल राई, सुनिल बल, सुमन लामा, मनिष डाँगी, दर्शन गुरुङ, अञ्जन विष्ट, आशिष लामा, विमल घर्तिमगर छन् । तर, नम्बर ९ मा विमलको प्रतिस्पर्धा अशिष लामासँग मात्र हुने देखिन्छ । त्यसकारण पनि विमलले राष्ट्रिय टोलीमा स्थान बनाउने लगभग पक्का छ ।
 
“हुन त उनले लिगमा धेरै खेल खेलका छैनन् । तर, पहिलेभन्दा अहिले विमलमा परिपक्कता देखिएको छ,” सहिद स्मारक ‘ए’ डिभिजन लिगका निर्देशक सञ्जिव मिश्रले भने, “मन लगाएर खेले भने विमल एक्ट्रा अडिनरी भएका खेलाडी हुन् । उनीजस्तो क्लास प्लेयर नेपाली फुटबलमा कमै छन् । अहिले नम्बर ९ को स्थानका लागि प्रतिस्पर्धा कम छ । त्यसकारण पनि विमलको राष्ट्रिय टोलीमा पर्ने सम्भावना लगभग पक्का छ । विमल टिम पर्यो भने अञ्जन विष्टलाई पनि सहयोग हुन्छ ।”

विमल र अञ्जन उमेर समूहदेखीका ‘स्ट्राइकिङ पार्टनर’ हुन् । एन्फा एकेडेमीका उनीहरु एउटै ब्याचका खेलाडी हुन् । अञ्जन र विमलबाहेक अहिले बन्द सत्रमा रहेका सुनिल बल, दिनेश राजवंशी, अनन्त तामाङ, पुजन उपरकोटी, तेज तामाङ पनि एन्फा एकेडेमीको एउटै ब्याचका खेलाडी हुन् ।
 
लिगका निर्देशक मिश्र थप्छन्, “घरमा एउटा इटा थपेको जस्तो हुन्छ । उनीहरु उमेर समूहबाट सँगै खेल्दै आएका छन् । विमलको आगमनले टिम अझ मजबुद बन्ने देखिन्छ ।”
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ७, २०७८  १५:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro