काठमाडौं । ई–कमर्स प्लेटफर्म, दराजले आज आफ्नो नयाँ ब्रान्ड लोगो अनावरण गरेको छ। दराज समूहका संस्थापक र सीईओ बियार्के मिक्केलसनले आजको नयाँ ब्रान्डको सुरुवातले व्यवसायको लागि एक रोमाञ्चक पाइला सुरु भएको बताएका छन् ।
रिब्रान्डको विभिन्न पक्षहरूमध्ये एक उल्लेखनीय परिवर्तन भनेको दराजको लोगो भएको जनाइएको छ । नयाँ लोगोले एउटा प्याकेजलाई प्रतिनिधित्व गर्ने र जुन ई–कमर्स प्लेटफर्मले एसएमई विक्रेताहरूलाई ग्राहकहरूसँग भौतिक रूपमा कसरी जडान गर्दछ भन्ने प्रतीकात्मक रहेको जनाइएको छ।
लोगोको केन्द्रमा एउटा तीर छ जुन प्रगति र द्रुत डेलिभरीमा केन्द्रित रहेको जनाएको छ । तर, प्रयोगकर्ताहरूका लागि थप गतिशील सामग्री अनुभव सिर्जना गर्न दराज कसरी निरन्तर नवप्रवर्तन गरिरहेको छ भन्ने प्रतीक ‘प्ले बटन’ जस्तै पनि देखिने दाबी गरेको छ ।
रिब्रान्डिङका साथै दराज नेपालले आँचल कुँवरलाई नयाँ प्रबन्ध निर्देशक (एमडी) नियुक्त गरेको छ । वर्तमान एमडी लिनो अहलेरिङ यस महिनाको अन्त्यमा सिंगापुरको दराज मुख्यालयमा क्षेत्रीय भूमिकामा सर्ने बित्तिकै आँचलले पदभार ग्रहण गर्र्ने बताएको छ ।