site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
ओमिक्रोनले बढायो पर्यटन क्षेत्रमा त्रास, के भन्छन् व्यवसायी ?
फाइल तस्बिर
SkywellSkywell

काठमाडौं । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनले नेपाली जनजीवनलाई त्रसित बनाएको छ । पछिल्ला दिनमा कोभिड संक्रमतिको संख्या बढ्दै गएपछि सरकारले सार्वजनिक स्थानमा कडाई गर्न थालेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिबारसम्मको तथ्यांक अनुसार देशभर संक्रिय संक्रमितको संख्या २१ हजार ५८४ पुगेको छ । पछिल्लो चौबीस घण्टामा चार हजार ६३६ कोरोना संक्रमित थपिएका छन् । १४ हजार ५५६ नमूना प्ररीक्षण गर्दा चार हजार ६३६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

संक्रमितको संख्या बढ्दै गएसँगै माघ ७ गतेदेखि सार्वजनिक स्थानमा सेवा लिन जान अनिवार्य खोप कार्ड देखाउनुपर्ने निर्देशन सरकारले गरिसकेको छ । आन्तरिक विमानस्थल सेवा प्रयोग गर्न कोरोनाविरुद्धको पूर्ण मात्राको खोप लगाएको हुुनुपर्ने जनाएको छ । विमानस्थल प्रवेशमा समेत कडाई गरिएको छ । सरकारले विस्तारै आन्तरिकसहित बाह्य क्षेत्रको आवतजावतलाई कडाई गर्ने संकेत गरिसकेको छ । सोही कारण कोभिड १९ को पहिलो लहरमा सबैभन्दा बढी प्रभावित भएको पर्यटन क्षेत्र फेरी ओमिक्रोनका कारण सशंकित बनेको छ ।

Dabur Nepal
NIC Asia

संक्रमितको संख्या बढ्दै जाँदा सरकारले पुनः लकडाउन गर्ने  हो की भन्नेमा पर्यटन व्यवसायी चिन्तित छन् । लकडाउनभन्दा पनि स्वास्थ्य मापदण्डको पूर्ण पालना गराउँदै कोरोना संक्रमणविरुद्ध लड्नुपर्नेमा व्यवसायीहरुको जोड छ ।  पछिल्लो समय कोरोनाविरुद्धको खोप लगाउनेहरुको संख्या धेरै भएको र पर्यटन क्षेत्रमा अग्रपंक्तिमा रहेर काम गर्नेहरु सबैले पूर्ण मात्रा खोप लगाएकाले पर्यटन क्षेत्रसहित अन्य क्षेत्रलाई पनि खुला गर्नुपर्ने सुझाव व्यवसायीहरुको छ । 

नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी पर्यटन व्यवसायलाई चलायमान बनाइराख्न पूर्ण मात्राको खोप लगाएकालाई पूर्ण मात्राको खोप लगाएकाले सेवा दिने कार्यलाई निरन्तरता दिनुपर्ने बताउँछन् । सुरुको जस्तो डर अहिले नभए पनि राम्रो रणनीति भने अपनाउनुपर्ने उनले बताए । त्यो रणनीति भनेको ‘भीटूभी’ अर्थात खोप लगाएकालाई खोप लगाएकाले सेवा दिने रहेको उनले बताए । 

“कतिपय मुलुकहरुले पूर्ण मात्राको खोप लगाएकालाई क्वारेन्टिनमा नराख्ने, र देशभित्र यो–यो क्षेत्रमा पूर्ण मात्राको खोप लगाइसकिएको छ । त्यसैले यी–यी क्षेत्रमा पूर्ण मात्राको खोप लगाएकाहरु सहजै घुम्न सक्छन् भनेर खोलिएको उदाहरण धेरै छन्,” उनले भने, “सोही रणनीति अनुसार अहिले पनि माल्दिभ्स, दुबई क्षेत्रमा उल्लेख्य मात्रामा पर्यटक गइरहेका छन् । हामीले पनि यो रणनीति अपनाउनुपर्छ ।”

अन्तर्राष्ट्रिय पर्यटकलाई सकारात्मक सन्देश प्रवाह गर्न पनि ‘भीटूभी’ प्रयोगमा आएको जानकारी गराउनुपर्ने उनले बताए । “कुन बजारबाट कस्ता खालका पर्यटक आउन सक्छन् भनेर त्यस्ता बजारलाई लक्षित गरी अगाडि बढ्नुपर्छ,” उनले भने । 

देशभित्र मनाङ, मुस्ताङ, सगरमाथालगायत प्रमुख पर्यटकीय क्षेत्रका व्यवसायीसहित स्थानीयले समेत पूर्ण मात्राको खोप लगाइसकेको व्यवसायी बताउँछन् ।
 
नेपाल होटेल संघका प्रथम उपाध्यक्ष विनायक शाहले देशका प्रायः सबै होेटेलका अग्रपक्तिका कर्मचारीले पूर्ण मात्रा खोप लगाइसकेको बताए । “सेवाग्राहीसँग प्रत्यक्ष सम्पर्कमा आउने अग्रपंक्तिका कर्मचारीहरुले पूर्ण मात्राको खोप लगाइसकेका छन्”, उनले भने, “खोप लगाएका सेवाग्राहीलाई खोप लगाएका कर्मचारीले नै सेवा दिने हो ।”
 
होेटेलको अग्रभागमा काम गर्ने कर्मचारीहरु भ्याक्सिनेटेडको लोगोसमेत लगाउने गरेका छन् । “यसले हामी कहाँ सेवा लिन आउने ग्राहकहरु जसले पूर्ण मात्राको खोप लगाउनुभएको छ । उहाँहरुको पनि कन्भिडेन्स लेबल बढ्छ । अहिले संसारभरी नै यही भीटूभी चलेको छ,” उनले भने । 

विकसित मुलुकहरु समेत अब कोरोनासँगै बाँच्नुपर्छ भन्ने मान्यतामा पुगिसकेको भन्दै उनले अब स्वास्थ्य मापदण्ड पालना गर्दै यससँग जुध्दै अगाडि बढ्नुको विकल्प नभएको बताए । “अब बन्दाबन्दी गरेर बसेर पनि परिणाम आएको छैन । त्यसैले रोकथामका उपाय अबलम्न गर्दै अगाडि बढ्ने हो । योसँग जुध्ने नै हो । आत्मबल बढाउनु पर्छ,” उनले भने ।

No description available. 
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदी नयाँ भेरियन्ट पर्यटन क्षेत्रलाई नै प्रभावित गर्ने खालको हो भने समयमै सचेत बन्नुपर्ने बताउँछन् । “फेरी पनि पर्यटन उद्योग समस्यामा पर्याे भने यो क्षेत्र ध्वस्त हुन्छ । त्यसैले सरकार नै होसियार हुनुपर्ने देखिन्छ,” उनले भने । 

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) अध्यक्ष अच्यूत गुरागाईं भने पर्यटन क्षेत्रलाई बचाउनेतर्फ लाग्नुपर्ने बताउँछन् । त्यसका लागि सुरक्षाका उपाय अबलम्बन गर्दै अगाडि बढ्नुपर्ने उनको भनाइ छ ।

पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिृकत सुरेशसिंह बुडाल पूर्ण मात्राको खोप लगाएका पर्यटकलाई विश्वले नै खुला गरिसकेकाले हामीले पनि सोही अनुसार अगाडि बढ्नुपर्ने बताउँछन् । “बेलायतले पूर्ण मात्राको खोप लगाएकालाई पीसीआर परीक्षणको रिपोर्ट पनि नचाहिने व्यवस्था गरिसकेको छ । अब सबैले यसरीले खुला गर्दै जानेछन् र पर्यटन क्षेत्रलाई चलायमान बनाउँनेछन्,” उनले विश्वास व्यक्त गरे ।
 
उनले नेपालको पर्यटन क्षेत्रलाई चलायमान बनाइराख्न सरकारले घोषणा गरेको १० दिनको काज पर्यटन बिदा कार्यान्वयनमा ल्याउनुपर्ने बताए । चालु आर्थिक वर्षको बजेटमा ल्याएको कुरा ६ महिना हुँदा पनि कार्यविधि नबनाइनु र कार्यान्वयनमा नल्याउनु दुखद् भएको उनले बताए । “यो कार्यान्वयनमा ल्याउन नसक्ने भए किन घोषणा गरियो ?,” उनको प्रश्न छ । यो कार्यान्वयनमा लैजाने हो भने यसले आन्तरिक पर्यटनलाई टेवा पुर्याउने उनले बताए । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २, २०७८  १३:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu