site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काष्ठमण्डपको मूर्ति विवाद मुद्दा सर्वोच्चमा
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । काष्ठमण्डपको मूर्ति विवाद सर्वोच्च अदालत पुगेको छ । सम्पदा संरक्षणकर्मी तथा अधिवक्ता सञ्जय अधिकारीले धार्मिक आस्था बोकेका पुराना मूर्ति पुनर्स्थापनाको माग गर्दै सर्वाेच्चमा मुद्दा दर्ता गराएका हुन् ।

केही महिना पहिले काष्ठमण्डप पुनर्निर्माण समितिले पुरातत्व विभाग र हनुमानढोका दरबार हेरचाह अड्डाको स्वीकृति नलिएर काष्ठमण्डपमा मूर्ति परिवर्तन गरेको थियो । समितिले गोरखनाथ र काष्ठमण्डपको चार कुनामा राखिने चार गणेशका मूर्ति परिवर्तन गरेको थियो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

अधिवक्ता अधिकारीले दायर गरेको रिट निवेदनमा मूर्ति परिवर्तन प्राचीन स्मारक ऐन विपरीत रहेको दाबी गरिएको छ । यसैगरी, मूर्ति परिवर्तनले विश्व सम्पदाको अस्तित्व संकटमा पर्ने जोखिम रहेको र स्थानीयको धार्मिक आस्था टुटेको रिट निवेदनमा उल्लेख छ । 

अधिवक्ता अधिकारीले दायर गरेको रिटको पेसी माघ २ गते तोकिएको छ ।

Royal Enfield Island Ad

प्राचीन स्मारक संरक्षण ऐन–२०१३ को दफा १२ (ग) मा "कुनै पुरातात्विक वस्तुलाई नष्ट गरेमा, भत्काएमा, बिरूप पारेमा, चोरी गरेमा वा अनधिकृत रूपमा हटाएमा वा परिवर्तन गरेमा वा कुनै किसिमले हानि–नोक्सानी गरेमा त्यस्तो पुरातात्विक वस्तुको बिगोबमोजिमको रकम असुलउपर गरी पाँच हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने" व्यवस्था छ ।

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस २८, २०७८  १८:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro