site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सहकारीको ५ करोड हिनामिना प्रकरण : भण्डारी र ज्ञवालीसँग जनही ५०/५० लाख धरौटी माग

दाङ । दाङको राप्ती गाउँपालिका ८ स्थित सोही बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा जिल्ला अदालतले किरण भण्डारी र रुकमाङगत ज्ञवालीसँग जनही ५०/५० लाख धरौटी माग गरेको छ ।

उनीहरू संस्थाका पदाधिकारीहरू हुन् ।

तर, तोकिएको धरौटी बुझाउन नसकेपछि उनीहरूलाई पुर्पक्षका लागि जिल्ला कारागार घोराहीमा पठाइएको छ । उक्त सहकारीका कोषाध्यक्ष रामकृष्ण पौडेल भने २५ लाख धरौटी बुझाएर तारेखमा रिहा भएको दाङ जिल्ला अदालतका सूचना अधिकारी राजेन्द्र शर्माले बताए ।

गत साउनमै प्रतिवादीमध्ये राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी दुई लाख धरौटी बुझाएर तारेखमा रिहा भएका थिए ।

राप्ती गाउँपालिका ८ स्थित सोही बचत तथा ऋण सहकारी संस्थाका शिवध्वज मल्लसहितका सेयर सदस्यहरूले गत असारमै पाँच करोड, २७ लाख २६ हजार, ६ सय ९२ रुपैयाँ हिनामिना गरेको दाबीसहित २५ जनालाई प्रतिवादी बनाएर जाहेरी दिएका थिए ।

रकम हिनामिना प्रकरणमा अदालतले यसअघि २० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । मुद्दाको अन्तिम फैसला हुन बाँकी नै छ ।

प्रकाशित मिति: बुधबार, पुस २८, २०७८  १५:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro