अर्थ व्यवसाय

काठमाडौं । नेपाल बैंक लिमिटेड र लेट मी इनबीच विशेष छुट सम्झौता भएको छ । बैंक कर्मचारी र ग्राहकलाई नयाँ बानेश्वर अवस्थित लेट मी इनमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको हो ।
सम्झौताबमोजिम लेट मी इनको कोरियन प्रविधिबाट प्रदान गरिने विविध एस्थेटिक्ससम्बन्धी सेवाहरुमा लाग्ने शुल्कमा बैंक कर्मचारी र ग्राहकले ८ देखि १५ प्रतिशतसम्म छुट पाउने बैंकले जनाएको छ ।
सम्झौतापत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी र लेट मी इनको तर्फबाट प्रबन्ध निर्देशक डोङ सु माले हस्ताक्षर गरे ।
प्रकाशित मिति: मंगलबार, असार १७, २०८२ १४:३१
प्रतिक्रिया दिनुहोस्