site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
एमाले कैलाली जिल्ला अध्यक्षमा पुनः थापा निर्वाचित
SkywellSkywell

सुदूरपश्चिम । नेकपा (एमाले) कैलालीको धनगढीमा भएको आठौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा अर्को कार्यकालका लागि पुनः रतन थापा निर्वाचित भएका छन् ।

गए राति सकिएको निर्वाचनको अन्तिम मतपरिणामानुसार अध्यक्षका अर्का प्रत्यासी रणबहादुर चन्दलाई चार मतान्तरले पराजित गर्दै थापा निर्वाचित भएका हुन् । थापाले २८७ मत र निवर्तमान कार्यसमितिका उपाध्यक्षसमेत रहेका चन्दले २८३ मत पाएका छन् ।

KFC Island Ad
NIC Asia

उपाध्यक्षमा दुर्गाप्रसाद जोशी र सचिवमा डेजी पाण्डे निर्वाचित भएका छन् । उपसचिवमा ममताप्रसाद चौधरी र लोकेन्द्रबहादुर शाही निर्वाचित भएका छन् । जिल्ला नेतृत्वसहितका पदाधिकारीमा आकांक्षीबीच सहमति जुट्न नसकेपछि निर्वाचन प्रक्रियामार्फत नेतृत्व चयन गरिएको हो ।

१५० सदस्यीय जिल्ला कार्यसमितिको महिला र थारू क्लस्टरतर्फका सदस्य भने निर्विरोध निर्वाचित भएको नवनिर्वाचित अध्यक्ष थापाले जानकारी दिए । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस २७, २०७८  ०९:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro