site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
अब गठबन्धन नगरी चुनाव लड्छौँ, उपनिर्वाचनबाट सुरुआत गर्छौँ : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आउँदो उपनिर्वाचन र ०८४ को निर्वाचनमा आफ्नो पार्टीले सबै तहमा एक्लै उमेदवारी दिएर प्रतिस्पर्धा गर्ने बताएका छन् ।

माओवादी केन्द्र दोलखा–काठमाडौं सम्पर्क समन्वय समितिले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले अरू दलसँग गठबन्धन गरेर चुनाव लड्दा माओवादीको पहिचान नै कमजोर हुन पुगेको उल्लेख गरे । अब गठबन्धन नगरी चुनाव लड्ने उनले सुनाए ।

देशव्यापी रूपमा एकल प्रतिस्पर्धामा जाने गरी पार्टीले तयारी थालेको र त्यसको सुरुआत आउँदो मंसिरमा हुने उपनिर्वाचनबाट गरिने उनले बताए ।

प्राकृतिक प्रकोपका कारण सिर्जित संकट समाधानका निम्ति आफ्नो पार्टीले महत्त्वपूर्ण पहलकदमी लिएको उनको भनाइ थियो ।

जनताको सेवा गर्न सरकारमा रहने वा नरहने विषयले अर्थ नराख्ने पनि उनले उल्लेख गरे । उनले अहिले सरकार कहाँ छ भनेर जनताले नभेट्टाइरहेका बेला बाढीपहिरोका कारण सिर्जित संकट समाधानका निम्ति आफ्नो पार्टीले अग्रपंक्तिमा रहेर नेतृत्व गरिरहेको जिकिर गरे ।

वर्तमान सरकारले देश र जनताका पक्षमा नभई भ्रष्टाचारीको हितमा काम गर्ने उनले आरोप लगाए । उनले सरकारका गलत कामको विरोध र प्रतिवाद सडक र सदनबाट गर्ने स्पष्ट पारे ।

अध्यक्ष प्रचण्डले सबैतिरका समस्या केन्द्रित गरेर चाँडै सरकारलाई ज्ञापनपत्र बुझाउने र जनताका बीचमा पनि त्यो यथार्थ जानकारी गराउने बताए ।

पार्टीप्रति नयाँ आशा र आकर्षण पैदा भएको भन्दै उनले माओवादी केन्द्रको नेतृत्व र विचारलाई फेरि एकपटक साथ दिन जनता तयार हुँदै गएको टिप्पणी गरे । हिमालयन टेली भ्वाइस

प्रकाशित मिति: शनिबार, असोज १९, २०८१  १६:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro