site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
विदेश
Global Ime bankGlobal Ime bank
पाकिस्तानमा भारी हिमपातका कारण गाडीभित्रै फसेका २१ जनाको मृत्यु
SkywellSkywell

बीबीसी । उत्तरी पाकिस्तानमा भारी हिमपातका कारण आफ्नै गाडीभित्र फसेका कम्तीमा २१ जनाको मृत्यु भएको छ ।

मुरीको पहाडी सहरमा हिमपात हेर्न गएका पर्यटकहरू आएका कारण करिब एक हजार सवारीसाधनहरू अलपत्र परेका छन् ।

Dabur Nepal
NIC Asia

स्थानीय आपत्कालीन उद्धार सेवाका अनुसार एक प्रहरी, उनकी पत्नी र उनीहरूका ६ बालबालिका र अर्को परिवारका पाँच सदस्यको मृत्यु भएको छ ।

हिउँमा फसेका ३०० जनालाई उद्धार गरिएको त्यहाँको सेनाले जनाएको छ । सैनिक इन्जिनियर र फौजले मुरी जाने सडकका हिउँ हटाउने काम पनि सुरु गरेको सेनाका एक प्रवक्ताले बताए ।

राजधानी इस्लामावादको उत्तरमा रहेको क्षेत्रमा यात्रा गर्ने मानिसको अत्यधिक संख्याका कारण संकट उत्पन्न भएको गृहमन्त्री शेख रसिदले बताए ।

शुक्रबारसम्म पर्यटकहरू फसेको स्थानीय मिडियाले जनाएका थिए । शनिबार भारी हिउँ र सवारीसाधनहरूको वृद्धिले अधिकारीहरूलाई यस क्षेत्रलाई प्रकोप क्षेत्र घोषणा गर्न बाध्य बनायो ।

सामाजिक सञ्जालमा भएका तस्बिर र भिडियोहरूमा कारहरूको छतमा समेत हिउँ जमेको देखिन्छ ।

आपत्कालीन सेवाहरूका अनुसार १० बालबालिकासहित कम्तीमा २१ जनाको मृत्यु भएको छ । कम्तीमा ६ जनाको चिसोका कारण मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै, निस्सासिएर पनि मृत्यु भएको हुन सक्ने बताइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २५, २०७८  ११:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro