अर्थ व्यवसाय
काठमाडौं । नेप्सेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) सिफारिस समितिले आवेदन दिएका मध्येबाट ‘सर्टलिस्टिङ’ गरेर अन्तर्वार्ताका लागि बोलाएको छ । सीईओ सिफारिस समितिले बिहीबार पाँचजनाको नाम सर्टलिस्ट गर्दै आउँदो आइतबार अन्तर्वार्ताका लागि बोलाएको हो ।
सर्टलिस्टिङमा पर्नेहरूमा कृष्णबहादुर कार्की, डा. केशवप्रसाद श्रेष्ठ, प्रविन पन्दाक, रमेश घिमिरे र डा. रमेशकुमार घिमिरे छन् । सर्टलिस्टमा परेका मध्ये कार्की, श्रेष्ठ र पन्दाकलाई आइतबार बिहान साढे ७ बजे र घिमिरे र भण्डारीलाई अपराह्न साढे ४ बजे अन्तर्वार्ताका लागि बोलाइएको छ ।
प्रकाशित मिति: शुक्रबार, पुस २३, २०७८ १२:३४
प्रतिक्रिया दिनुहोस्