site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सुनसरीमा बसको ठक्करबाट दुईजनाको मृत्यु
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका–२०, तरहरामा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ ।

मोटरसाइकल चालक संखुवासभाको खाँदबारी नगरपलिका–७ का २६ वर्षीय सन्तोष राई र पछाडि सवार सोही ठाउँ बस्ने २० वर्षीय अभि राईको मृत्यु भएको हो । बसको ठक्करबाट घाइते भएका दुवैजनाको उपचारका क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जनाइएको छ ।

धरानबाट इटहरीतर्फ आउँदै गरेको प्रदेश १–०२–००१ख ८१९६ नम्बरको बसले को२७प २१९ नम्बरको मोटरसाइकललाई हिजो बेलुका करिब साढे ७ बजे ठक्कर दिएको थियो । बससहित चालक प्रहरीचौकी तरहराको नियन्त्रणमा छन् ।

धनुषामा जीप र कार ठोक्किँदा एकजनाको मृत्यु
धनुषाको मिथिला नगरपालिका–८, बडहरीमा जीप र कार आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । कारमा सवार एकजना गम्भीर घाइते छन् ।

गए राति करिब पौने १० बजे प्रदेश २–०२–००१ च ०७२८ नम्बरको जीप र बा१७च ३७८६ नम्बरको कार आपसमा ठोक्किएका थिए ।

दुर्घटनामा कार चालक महोत्तरीको गौशाला नगरपालीका–२ का ३५ वर्षीय उदय चौधरीको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनको उपचारका क्रममा जनकपुरस्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको जनाइएको छ ।

घाइते भएका कारमा सवार ३४ वर्षीय राकेश चौधरीको सोही अस्पतालमा उपचार भइरहेको छ । जीप चालक इलाका प्रहरी कार्यालय ढल्केबरको नियन्त्रणमा छन् ।

कैलालीमा ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु
कैलालीको गोदावरी नगरपालिका–९, धनचौरीमा ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिका–६, मौरीफाटाका ३५ वर्षीय करन भट्टराईको मृत्यु भएको हो ।

हिजो बेलुका करिब ८ बजे रा१त ४६५३ नम्बरको ट्याक्टरले पैदल हिँडिरहेका भट्टराईलाई ठक्कर दिएको थियो । ट्याक्टर चालक जिल्ला प्रहरी कार्यालय कैलालीले नियन्त्रणमा रहेको जनाइएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शुक्रबार, पुस २३, २०७८  ०९:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro