खेल
काठमाडौं । एएफसी फुटसल एसियन कप छनोटमा नेपालले उज्वेकिस्तान, ताजकिस्तान र अफगानिस्तानविरुद्ध खेल्ने भएको छ ।
बिहीबार भएको ‘ड्र’ अनुसार नेपाल समूह ‘बी’मा परेको हो । कीर्गिस्तानमा हुने ‘सेन्ट्रल र साउथ जोन’को छनोट प्रतियोगिताको समूह ‘ए’मा इरान, कीर्गिस्तान, तुर्किमिनिस्तान र माल्दिभ्स छन् ।
नेपालले आउँदो अप्रिल १० देखि १२ तारिखसम्म प्रतिस्पर्धा गर्नेछ । उक्त प्रतियोगिताका लागि नेपालका मुख्य प्रशिक्षक गोरव बस्नेतले सोमबार ३२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन् । बन्द प्रशिक्षण शुक्रबारबाट हुने एन्फाले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, पुस २२, २०७८ १४:५६
प्रतिक्रिया दिनुहोस्