काबुल । अफगानिस्तानका उपप्रधानमन्त्री मुल्ला अब्दुल गनी बरादरले पूर्व राष्ट्रपति असरफ गनीको हत्या गर्ने तालिबानको कुनै नियत नभएको बताएका छन् ।
अफगानिस्तानको सरकारी टेलिभिजन च्यानलसँगको अन्तरवार्तामा उनले यस्तो बताएका हुन् ।
असरफ गनी र उनका सहयोगीहरूले तालिबानले काबुल कब्जा गरेपछि तालिबानले उनलाई मार्न चाहेको बताउँदै आएका छन् ।
असफर गनीले बीबीसीसँगको एक अन्तरवार्तामा देश छोड्ने आफ्नो निर्णय सही भएको बताएका थिए । आफ्नो सुरक्षा प्रमुखले राष्ट्रपतिले कुनै अडान लिए सबैको मृत्यु हुने भनेको पनि बताएका थिए । आरटीए वर्ल्डका पत्रकारले असरफ गनीले हालैको अन्तरवार्तामा आफ्नो हत्या गर्ने योजना थियो भनेका थिए ।
'के इस्लामिक इमिरेटको यस्तो कुनै योजना योजना थियो ?' भनी सोधिएको प्रस्नको जवाफमा बरादरले यसमा कुनै सत्यता नभएको बताए ।
उनले आफ्नो सर्वोच्च नेता मुल्लाह हेब्तुल्लाह अखुन्दजादाले सबै मानिसलाई माफी दिएको र यो कुरा असरफ गनीमा पनि लागू हुने बताए । क्षमादानप्रति प्रतिबद्ध रहेको र कसैलाई मार्ने आफूहरूको योजना नभएको उनको भनाइ छ ।
बीबीसी हिन्दीबाट ।