अर्थ व्यवसाय
काठमाडौं । सिद्घार्थ बैंकले आफ्नो १९औं वार्षिकोत्सवको उपलक्ष्यमा सातै प्रदेशका विभिन्न स्थानहरुमा सरसफाइ कार्यक्रम आयोजना गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वातावरणलाई सफा राख्न सरसफाइ अभियान सञ्चालन गरेको जनाएको छ ।
सरसफाइ कार्यक्रममा बैंकका कर्मचारीहरुका साथसाथै स्थानीयवासीहरुको पनि उल्लेखनीय सहभागिता रहेको थियो ।
वातावरणलाई सफा राखी सुन्दरता कायम गर्ने उद्देश्यका साथ देशका सातै प्रदेशका विभिन्न २३ स्थानहरुमा सरसफाइ कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, पुस ११, २०७८ १४:२४
प्रतिक्रिया दिनुहोस्