अर्थ व्यवसाय
काठमाडौं । नबिल बैंक र खल्ती डिजिटल वालेटबीच मोबाइल भुक्तानी सम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका ग्राहकले नबिल स्मार्टबैंक (मोबाईल बैंकिङ) सेवा प्रयोग गरीे खल्ती वालेटमा पैसा लोड गर्न सक्नेछन् ।
त्यस्तै नबिल बैंकका ग्राहकहरूले अब खल्तीको प्लेटफर्ममा उपलब्ध कुनै पनि प्रकारको डिजिटल भुक्तानीहरू गर्न सक्ने बैंकले जनाएको छ ।
खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै मोबाइल र टीभी रिचार्ज, Ïलाईट तथा मुभी टिकट बुकिङ, बिमा प्रिमियम तथा अनलाईन सपिङ साइटमा भुक्तानी जस्ता ६० हजार भन्दा बढी सेवाहरूको डिजिटल भुक्तानीको सेवा प्रदान गर्दै आएको जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, पुस ८, २०७८ १७:३४
प्रतिक्रिया दिनुहोस्