काठमाडौं । नबिल बैंकले दराज तथा आइमार्कसँग नबिल स्मार्टपोसको सञ्चालनका लागि त्रिपक्षीय सम्झौता सम्पन्न गरेको छ ।
आधुनिक प्रविधिमा आधारित नबिल स्मार्टपोसद्वारा जुनसुकै बेला, जुनसुकै ठाउँबाट भुक्तानी दिन एवं स्वीकार गर्न सकिन्छ । नबिल स्मार्टपोसमार्फत बैंकले डिजिटल भुक्तानी सार्थक गर्ने सन्दर्भमा एउटा ठूलो कदम अगाडि बढाएको जनाएको छ ।
यस सम्झौताअन्तर्गत दराजमार्फत किनमेल गर्ने ग्राहकहरूले अब नबिल स्मार्टपोसभित्र उपलब्ध परिष्कृत स्मार्ट सुविधाहरूमार्फत भुक्तानी गर्न सक्षम हुनेछन् । दराजले चाँडैै नै १०० भन्दा बढी नबिल स्मार्टपोसमार्फत आफ्ना ग्राहकहरूलाई भुक्तानी सुविधा प्रदान गर्ने जनाइएको छ ।
त्यस्तै, आइमार्कले बैंकलाई चार हजार बढी नबिल स्मार्टपोस उपलब्ध गराएको छ । जसले सुरक्षित भुक्तानी समाधानका साथै स्मार्टफोनजस्तै हरेक अनुभवको लाभ प्रदान गर्र्ने जनाइएको छ ।