site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रदेश २ मा नेतृत्व हत्याउन देउवा र निधि समूहका केन्द्रीय नेताहरू जनकपुरमा

जनकपुरधाम । प्रदेश २ कांग्रेसको नयाँ नेतृत्वका लागि बुधबार चुनाव हुँदैछ । कांग्रेस प्रदेश २ को सभापति पदका लागि कांग्रेस प्रदेश २ संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव र रौतहट जिल्ला सभापति कृष्ण यादव चुनावी मैदानमा छन् ।

मगंलवार बेलुका मतदानस्थल गोपाल धर्मशालामा पुगेर रामसरोज र कृष्णले मंगलबार सभापतिमा उमेदवारी दर्ता गराएका थिए । सभापतिमा उमेदवारी दिएका रामसरोजलाई नेता विमलेन्द्र निधि र शेखर कोइराला समूहको समर्थन छ । कृष्णलाई भने सभापति शेरबहादुर देउवाको समर्थन रहेको छ ।

यद्यपि रामसरोजले आफू कुनै गुटबाट नभई कांग्रेसबाट उमेदवारी दिएको बताए । आफूलाई सबैको समर्थन रहेको बताउँदै उनले आफ्नो जित सुनिश्चित रहेको दाबी गरेका छन् । कांग्रेस भित्र गुट उपगुट समाप्त पारेर कांग्रेसलाई मजबुत बनाउनकै लागि आफूले उमेदवारी दर्ता गराएको उनले प्रतिक्रिया दिए ।

उता संस्थापन पक्षबाट कृष्णले प्यानल बनाएर उमेदवारी दर्ता गराएका हुन् । उनको प्यानलबाट प्रदेश २ को महिला बालबालिका युवा तथा खेलकुदमन्त्री वीरेन्द्र सिंह र उपेन्द्र यादवले उपसभापति पदमा उमेदवारी दर्ता गराएका छन् ।

सभापतिका उम्मेदवार कृष्णले निर्वचित भए कांग्रेसलाई विगत जस्तै प्रदेश २ मा मजबुत बनाउने लक्ष्य रहेको बताए । उनले कांग्रेसका सबै नेता कार्यकर्तालाई साथ लिएर अगाडि बढ्ने बताए ।

सर्वसम्मतिमा प्रदेश कार्यसमिति चयन गर्ने पूर्व उपसभापति निधिको प्रयास असफल भएपछि कृष्ण र रामसरोज चुनावी मैदानमा उत्रिएका हुन् । देउवा र निधि समूहबीच प्रदेश समितिको ७२ पदमा प्रतिस्पर्धा हुनेछ । प्रदेश २ मा आफ्नो बलियो उपस्थिति रहेको भन्दै देउवा समूह निधि पक्षलाई नेतृत्व दिन तयार नभएपछि चुनाव हुन लागेको हो ।

केन्द्रीय महाधिवेशनपछि हुन लागेको प्रदेश अधिवेशनलाई दुवै पक्षले महत्वका साथ लिएको छ । देउवा पक्षका नेता तथा गृहमन्त्री बालकृष्ण खाण दलबलसहित जनकपुरमा गृहकार्यमा लागि सकेका छन् । नवनिर्वाचित सहमहामन्त्रीद्वय महेन्द्र यादव, फरमुल्लाह मन्सुर, केन्द्रीय सदस्यहरू चित्रलेखा यादव, सुरेन्द्रराज पाण्डे, रामहरि खतिवडा, उदय शमशेर राणा, आनन्द ढुंगाना रमेश रिजाल आफ्नो पक्षमा परिणाम निकाल्न कस्सिएर लागेका छन् ।

यता निधि पक्षका प्रभावशाली नेताहरूसमेत जनकपुरमा छन् । निधि आफैँ पनि  मैदानमा खटिएका छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, पुस ६, २०७८  २२:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro