site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
माओवादी केन्द्रको प्रदेश २ का २५ पालिकाको अधिवेशन अझै हुन सकेन
SkywellSkywell

जनकपुरधाम । सप्तरीमा नेकपा (माओवादी केन्द्र)को पालिका अधिवेशन अझै हुन सकेको छैन । प्रदेश २ का १३६ पालिकामध्ये २५ वटा पालिकामा अझै अधिवेशन हुन नसकेको माओवादी केन्द्रका प्रदेश अध्यक्ष प्रह्लात बुढाथोकीले जानकारी दिए ।

उनकाअनुसार सप्तरीको १८, धनुषाको सबैला र पर्साको बीरगञ्जमा बढी विवाद देखिएको छ । बाँकीमा आज नै अधिवेशन सम्पन्न भएको उनको भनाई छ । 

KFC Island Ad
NIC Asia

गुटगत विवादका कारण सप्तरीको कुनै पनि पालिकामा अधिवेशन हुन सकेको छैन । १८ वटा स्थानीय तह रहेको सप्तरीमा पूर्व जनमोर्चा र पुर्व माओवादीका फरक–फरक गुटका कारण विवाद देखिएको हो । उनीहरूले छुट्टाछुटै कमिटी गठन गरेका छन् ।

पार्टीले जिल्ला अध्यक्षको जिम्मेवारी पूर्व मन्त्री उमेश यादव र इन्चार्जको जिम्मेवारी अशोक मण्डललाई तोकेको थियो । तर, मण्डलले २०७७ चैत २८ गते जिल्लाको बैठकबाट सम्पूर्ण पालिकामा समानान्तर कमिटी गठन गर्दा दुईबीच विवाद सुरु भएको हो । दुवै समूहले एक अर्कालाई समानान्तर कमिटी गठन गरेको आरोप लगाउने गरेका छन् ।

बन्दसत्र प्रभावित हुन सक्ने

पालिका अधिवेशन नसक्दै गत मंसिर २५ गते प्रदेश अधिवेशनको उद्घाटन भइसकेको छ । जनकपुर उद्योग वाणिज्य संघमा आयोजित उद्घाटन समारोहमा असन्तुष्ट पक्ष भने सहभागी भएन । पार्टीले शनिबार (भोलि) सर्लाहीको लालबन्दीमा प्रदेश अधिवेशनको बन्दसत्र हुने कार्य तालिका तय गरेको छ । तर, धेरै पालिकाको विवाद नमिलेकाले बन्दसत्र प्रभावित हुनसक्ने नेताहरू नै बताउँछन् । तर पार्टीका प्रदेश अध्यक्ष बुढाथोकीले अधिवेशन नहुने पालिकालाई छाडेर भएपनि बन्दसत्र अगाडि बढाउने दाबी गरेका छन् । 

६ आकांक्षीको दावी

प्रदेश अध्यक्षका लागि खुलेर अहिलेसम्म कुनै नेता आएका छैनन् । तर ६ जना नेताहरूले प्रदेश अध्यक्ष बन्न कसरत गरिरहेका छन् । उनीहरूले प्रदेश अध्यक्ष बन्न आफू निकट केन्द्रीय नेता तथा प्रतिनिधिहरूसँग लबिङ गरिरहेका छन् । प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साह, पूर्वमन्त्री रामकुमार शर्मा, वर्तमान प्रदेश अध्यक्ष प्रह्लाद बुढाथोकी, प्रदेश सचिव श्रवण बरबरिया र प्रदेश सांसद जगत यादव प्रदेश अध्यक्षका आकांक्षी रहेको बताइएको छ । तर, उनीहरूमध्ये प्रदेश मन्त्री साह र पूर्वमन्त्री शर्माले आफ्नो आफ्नो प्यानल बनाएर प्रतिस्पर्धामा उत्रने बुझिएको छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २, २०७८  १८:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro