राजनीति
काठमाडौं । डा. मिनेन्द्र रिजालले रक्षामन्त्रीबाट राजीनामा दिएका छन् ।
उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामापत्र बुझाएपछि मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामाका बारेमा जानकारी गराएका छन् ।
“परिणामले मलाई सन्देश दिएको छ । आफूले आफूलाई झुटो बोलेर सान्त्वना दिन चाहन्न,” उनले भने, “मलाई क्रियाशील जीवन अझै १० वर्ष बाँकी होलाजस्तो छ । मोरङ-२ का जनताले जिताएर पठाएको पदबाट राजीनामा दिएको होइन । म कसरी क्रियाशील हुने मेरो विषय हो । जे सुकै काम गरुँ । राजीनामा बुझाएर आएँ । प्रधानमन्त्रीले साँच्चै राजीनामा गर्ने हो ? भनेर सोध्नुभयो मैले हो भनेँ ।”
प्रकाशित मिति: बिहीबार, पुस १, २०७८ १६:१७
प्रतिक्रिया दिनुहोस्