काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको सीजी ब्रुअरीले नेपालमा पहिलो पटक टिमुर बियर बजारमा ल्याएको छ । ‘नेपाल आइस’ ब्रान्ड अन्तर्गत टिमुर बियर उत्पादन गरिएको हो ।
यो बियर नेपालमा उपलब्ध स्थानीय जडीबुटी टिमुरको समिश्रणबाट तयार पारिएको कम्पनीले जनाएको छ । सीजी ब्रुअरीले बेला बेलामा आफ्ना बियरका पारखिहरूका लागि फरक तथा उत्कृष्ट स्वादमा बियर उत्पादन गर्दै आएको छ ।
टिमुरको स्वादमा उत्पादन गरिएको यो वियरले उपभोक्तालाई भरपुर सन्तुष्टि दिने विश्वास कम्पनीको छ । नेपाली समाजमा परम्परादेखि टिमुरलाई चिसोबाट जोगिनका लगि उपभोग गरिदै आएको छ । टिमुरको समिश्रणबाट उत्पादित यो बियर जाडो मौसममा पिउनका लागि उत्कृष्ट मानिएको कम्पनीले जनाएको छ ।
यो बियर ६५० मि.लि. र ३३० मि.लि. बोतलमा बजारमा उपलब्ध छ । ६५० मि.लि. प्रति बोतलको उपभोक्ता मूल्य ३४० र ३३० मि.लि. बोतलको उपभोक्ता मुल्य १७५ कायम गरिएको कम्पनीले जनाएको छ ।