काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले नेकपा (एमाले)ले संसद् बैठक लगतार अवरुद्ध गरेर लोकतन्त्रलाई लज्जास्पद रूपमा प्रहार गरिरहेको आरोप लगाएका छन् ।
उनले एमालेको अवरोधलाई अन्ध पार्टीगत स्वार्थ र विवेकहीनताको पराकाष्ठको संज्ञा दिएको छन् । संसद् सञ्चालनका लागि अपिल पनि गरेका छन् ।
“नेकपा (एमाले)ले संघीय संसद्को बैठक लगतार अवरुद्ध गरिरहेर लोकतन्त्रलाई लज्जास्पद रूपमा प्रहार गरिरहेको छ,” आज बिहान सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, “अन्ध पार्टीगत स्वार्थ र विवेकहीनताको पराकाष्ठा हो यो । लोकतान्त्रिक मान्यतालाई आत्मासात् गर्दै संसद् सुचारु गर्न नेकपा (एमाले) लाई गम्भीर अपिल गर्दछु ।”
एमालेले पार्टीले कारबाही गरेका सांसदलाई पदमुक्त गर्न माग गर्दै निरन्तर संसद् अवरोध गर्दै आएको छ ।