काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति चयनका लागि दोस्रो चरणको निर्वाचन सुरु भएको छ । आज दिउँसो करिब साढे ३ बजेदेखि मतदान सुरु भएको हो ।
९१ वर्षीया महाधिवेशन प्रतिनिधि शान्ति कार्कीले आफूले पहिलो मत खसालेको बताएकी छन् । अरू महाधिवेशन प्रतिनिधिहरू मतदानका लागि लामबद्ध छन् ।
पहिलो चरणमा सभापति पदका कुनै पनि उमेदवारले ५० प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको निर्वाचन भएको हो । पहिलो चरणमा धेरै मत ल्याएका शेरबहादुर देउवा र शेखर कोइरालाबीच दोस्रो चरणमा प्रतिष्पर्धा हुँदै छ ।
काठमाडौंको राष्ट्रिय सभागृहमा दोस्रो चरणको मतदान भइरहेको छ । मतदानपछि मतगणना र आजै नतिजा सार्वजनिक गरिने कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।