अर्थ व्यवसाय
काठमाडौं । बिमा समितिले ललितपुरको कुपन्डोलमा ४२ करोड रुपैयाँको लागतमा सुविधासम्मपन्न भवन बनाउने भएको छ ।
४२ करोड ३७ लाख (भ्याटबाहेक) रुपैयाँ लागतमा निर्माण हुन लागेको भवनको सोमबार अर्थमन्त्री जनार्दन शर्मा र सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले संयुक्त रूपमा शिलान्यास गरेका छन् ।
१० हजार वर्गमिटरको सुविधासम्पन्न उक्त भवन निर्माणको जिम्मा आशिष निर्माण सेवाले पाएको छ । भवन निर्माण विभागले जिम्मा लिएर निर्माण गर्न लागेको उक्त भवन आधुनिक र ‘आइकोनिक’ भवनको रूपमा रहने भवन निर्माण विभागका महानिर्देशक पद्यकुमार मैनालीले बताए ।
प्रकाशित मिति: सोमबार, मंसिर २७, २०७८ १५:०४
प्रतिक्रिया दिनुहोस्