site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
दाङमा जिप दुर्घटना : तीन जनाको मृत्यु, १९ जना घाइते

दाङ । दाङको तुलसीपुरस्थित सिरखोला नजिकै जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । अन्य १९ जना घाइते भएका प्रहरीले जानकारी दिएको छ ।

तुलसीपुरबाट सल्यानको सिमपानी जाँदै गरेको रा १ ज ४३८ नम्वरको जिप तुलसीपुर ३ सिरखोला नजिकै दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

प्रहरीअनुसार दुर्घटनामा परी मृत्यु हुनेमा कपुरकोट ३ बस्ने ४८ वर्षीय प्रेमप्रकाश शर्मा, कपुरकोट ४ बस्ने सौनी घर्ती र लालमती खड्का रहेका छन् ।

घाइतेमध्ये ६ जनालाई थप उपचारका लागि नेपालगन्ज लगिएको छ । बाँकी १३ जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

घाइते हुनेमा सल्यानको कपुरकोट गाउँपालिका ४ धनबाङ बस्ने २२ वर्षीया लक्ष्मी बुढा, सोही गाउँपालिका ३ बस्ने ४५ देवा चापागाईं, २७ वर्षीय भूपबहादुर थापा, २२ वर्षीय धर्म थापा, उनका छोरा ५ वर्षीय दिपेश थापा, सोही गाउँपालिका ४ किमिरेचौर बस्ने ३६ वर्षीय डम्बर बहादुर बुढाथोकी, १८ वर्षीया अनिता पुन, सोही गाउँपालिका १ बस्ने आरति पुन, सोही गाउँपालिकाकी १९ वर्षीया रमिता बस्नेत लगायतका रहेका छन् ।

जिप चालक भने फरार रहेको प्रहरीले बताएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: आइतबार, मंसिर २६, २०७८  २१:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro