site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मनोनयन सुरु नहुँदै मत माग्न ब्यस्त छन् कांग्रेस उमेदवार
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नवौँ महाधिवेशनदेखि महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुँदै आएका धनुषाका रामपल्टन साह १४ औं अधिवेशन आइपुग्दा बल्ल केन्द्रीय नेतृत्वमा जाने तरखरमा छन् । चुनावी मैदानमा उत्रिएका उनी आफ्ना प्रचार सामग्री आफैं वितरण गर्दै मत मागिरहेका छन् । उनले भने,"पार्टीलाई रुपान्तरण आवश्यक छ अब हामी जस्ता युवा नेतृत्वमा आउनु पर्छ ।" 

कांग्रेस नेतृत्व र नयाँ सोचलाई व्यवहारलाई कार्यान्वयन गराउनुपर्ने साह बताउँछन् । साह मधेशी आरक्षण कोटामा केन्द्रीय सदस्यमा उठेका छन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

उमेदवार मनोयनका दिन शनिबार अनुपम जस्तै कपिलवस्तुका अकील मिया पनि भोट माग्न व्यस्त देखिन्थे । अल्पसंख्यकको मुद्दालाई पार्टी तहमा घनीभूत रुपमा उठाउन आफू उमेदवार बनेको मियाले बताए । भने,"म निकै लामो समयसम्म पार्टीको तल्ला तहमा बसेर योगदान दिएं अब केन्द्रीय तहमा पुगेर काम गर्ने ईच्छा छ ।" 

मिया कांग्रेस क्षेत्रीय सभापति, नेविसंघ केन्द्रीय सदस्य र तरुण दल केन्द्रीय सदस्यको जिम्मेवारीमा रही काम गरेका थिए । 

Royal Enfield Island Ad

प्रमिला राई महिला जनजाति तर्फ केन्द्रीय सदस्यमा मनोनयन दर्ता गराउन अगावै मत माग्न ब्यस्त छिन् । महिला र अल्पसंख्यकको अधिकार र उत्थानको पैरवी गर्न र पार्टीका तिनका विषयको प्रतिनिधित्व गर्न आफू उमेदवार बनेको बताईन । उदयपुरबाट संघीय सांसद समेत रहेकी राई भन्छिन्,"पार्टीमा महिला नेतृत्वलाई सशक्त बनाउन र सैद्धान्तिक रुपमा कांग्रेसलाई आफ्नो बाटोमा ल्याउन योगदान दिने योजना छ ।" 

डा. डिला संग्रौलाले महिला केन्द्रीय सदस्यमा उमेदवार बन्ने योजनाअनुरुप मनोनयन दर्ता गर्ने बताइन् । मोरङबाट राजनीति गर्ने उनी महिला संघको केन्द्रीय नेतृत्वमा पुगेको र अब पार्टीको केन्द्रीय तहमा महिला हक अधिकार जागरण गराउने बताइन् ।


झापाकी उषा गुरुङ पनि केन्द्रीय नेतृत्वमा पुग्ने तयारीमा लागेकी उनले भनिन्,"म संविधान सभाको सदस्यको जिम्मेवारीमा पनि थिए अब पार्टीको संगठन सुदृढीकरणमा सकृय हुनेछु ।"

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर २५, २०७८  १०:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro