site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भायनेटको सेवा विस्तारका लागि चाइना कम्युनिकेसनसँग साझेदारी
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडाैँ । भायनेट कम्युनिकेसन्स प्रा. लिले पश्चिम नेपालमा आफ्नो इन्टरनेट सेवा विस्तारका लागि चाइना कम्युनिकेशन सर्भिस नेपालसँग साझेदारी गरेको छ । 

चाइना कम्युनिकेसन सर्भिसेज चाइना टेलिकम्युनिकेसन्स कर्पोरेशनको सहायक कम्पनी हो जसले विश्वका ३० बढी देशहरूमा दूरसञ्चार अपरेटर र सरकारी संस्थाहरूलाई दूरसञ्चार पूर्वाधार र आउटसोर्सिङ सेवाहरू उपलब्ध गराउने काममा संलग्न छ। यससँग संसारभरि अत्याधुनिक फाइबर पूर्वाधारको डिजाइन, विकास र कार्यान्वयन गर्ने अनुभव छ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

यो साझेदारीले भायनेटलाई लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरुमा द्रुत गतिमा आफ्नो उच्च गतिको फाइबर नेटवर्क निर्माण र विस्तार गर्न सहयोग गर्ने जनाइएको छ ।  

भायनेट कम्युनिकेसन्सकी सीईओ सेवा पाठक बोहराले भनिन्, “चाइना कम्युनिकेसन सर्भिसेजसँग साझेदारी गरेर पश्चिम नेपालमा हाम्रो अत्याधुनिक उच्च गतिको फाइबर नेटवर्क निर्माण गर्न अनुभवी अन्तर्राष्ट्रिय टोलीसँग काम गरिरहेका छौं । यो पश्चिम नेपालमा हाम्रा ग्राहकहरूलाई विश्वस्तरीय इन्टरनेट र डिजिटल सेवाहरू उपलब्ध गराउने हाम्रो निरन्तर प्रतिबद्धताको एक हिस्सा हो ।”

Royal Enfield Island Ad

भायनेटले ग्रामीण दूरसञ्चार विकास अनुदान परियोजनाअन्तर्गत डोटी, दार्चुला, डडेल्धुरा र बैतडीका दुर्गम जिल्लाहरूमा ब्रोडब्यान्ड इन्टरनेट उपलब्ध गराउने काम पनि सफलतापूर्वक सम्पन्न गरेको जनाइएको छ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २३, २०७८  १४:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro