site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
भारतीय सेना प्रमुख रावतको असामयिक निधनप्रति प्रधानसेनापतिद्धारा समवेदना

काठमाडौँ । भारतका चिफ अफ डिफेन्स स्टाफ विपिन रावतको असामयिक निधनप्रति प्रधानसेनापति प्रभुराम शर्माले समवेदना व्यक्त गरेका छन् । जंगी अड्डाले प्रेस विज्ञप्ती जारी गर्दै शोक समवेदना व्यक्त गरेको हो ।

नेपाली सेनाका मानार्थ महारथी जनरलसमेत रहेका भारतीय सेनाका चिफ अफ डिफेन्स स्टाफ रावत, उनकी पत्नी मधुलिका तथा अन्य ११ जना सैनिकको बुधबार भारतीय वायु सेनाको हेलिकोप्टर दुर्घटनामा परी असामयिक निधन भएको थियो । “सो खबरले नेपाली सेनालाई दुखी तुल्याएको,” विज्ञप्तीमा उल्लेख छ ।

यस दुःखद घडीमा प्रधानसेनापति शर्माले आफ्नो व्यक्तिगत तथा नेपाली सेनाको सकल दर्जाको तर्फबाट भारतीय सेना र जनरल रावतको परिवारप्रति हिजो साँझै फोन तथा पत्रमार्फत हार्दिक समवेदना व्यक्त गरेको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रधानसेनापति शर्माले भने, “यस दुःखद घटनाबाट आफू स्तब्ध भएको र यसबाट भारतीय सेनालाई अपूरणीय क्षति पर्नुको साथै नेपाली सेनाले समेत एक सच्चा मित्रलाई गुमाएको छ ।” उनले भारतीय सेना तथा शोक सन्तप्त परिवारप्रति समवेदना तथा दिवगंत आत्माको चीर शान्तिको कामना व्यक्त गरेका छन् ।

यस्तै, जनरल रावतको २४ मंसिर नयाँ दिल्लीमा हुने अन्तिम सम्मान कार्यक्रममा प्रधानसेनापति तथा नेपाली सेनाको प्रतिनिधित्व गर्दै सेनाका बलाधिकृत रथी बाल कृष्ण कार्की जाने जंगी अड्डाले जनाएको छ ।

यसैगरी, प्रधानमन्त्री शेरबहादुर देउवा र रक्षामन्त्री मिनेन्द्र रिजालले रावतको निधनमा ट्वीटमार्फत् समवेदना व्यक्त गरेका छन् ।

सैनिक जीवनमा करिब पूरै समय गोर्खा पल्टनमा बिताएका रावत ३१ डिसेम्बर २०१६ देखि ३१ डिसेम्बर २०१९ सम्म भारतीय सेनाको स्थल सेनाध्यक्ष रहँदा राष्ट्रपति विद्या देवी भण्डारीले २९ मार्च २०१७, मा नेपाली सेनाको मानार्थ महारथी दर्जाबाट सम्मानित भएका थिए ।

रावत १३ फेब्रअरी २०१८ मा सेना दिवस तथा महाशिवरात्रीको अवसरमा नेपाली सेनाले आयोजना गरेको सैनिक कार्यक्रममा अतिथिको रुपमा सहभागी थिए ।

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, मंसिर २३, २०७८  १३:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro