site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रदेश १ : यातायात कार्यालय इटहरीमा मन्त्री कार्कीको ‘सरप्राइज’ अनुगमन

विराटनगर । प्रदेश १ का भौतिक पूर्वाधार विकास मन्त्री हिमाल कार्कीले सुनसरीस्थित यातायात कार्यालयमा ‘सरप्राइज’ अनुगमन गरेका छन् । 

मन्त्रालको सानो टिम लिएर बुधबार अपराह्न यातायात कार्यालय पुगेका उनले सेवाग्राहीसँग आफ्नो परिचय नदिई नै सेवाको गुणस्तर र अनि भोग्नु परेको समस्याबारे जानकारी लिएका हुन् । कार्की यातायात कार्यालय पुग्दा सेवाग्राहीको बाक्लै उपस्थिति थियो । कर्मचारीहरू आफ्नै सुरमा काम गरिरहेका थिए । 

कार्कीले इटहरीको हलगडास्थित यातायात कार्यालयको र गैसारस्थित सवारी चालक अनुमतिपत्र वितरण तथा नवीकरण हुने कार्यालयको निरीक्षण गरेका हुन । मन्त्री कार्कीले आफैँ विभिन्न फाँटमा पुगेर त्यहाँ कार्यरत कर्मचारीसँग भेटघाट सेवाग्राहीलाई सहज ढंगले सेवा प्रदान गर्न कानुनी रूपमा भएका झन्झट, उपलब्ध साधन स्रोतको पहुँच र सेवाग्राहीको चापको विषयमा जानकारी लिए । उनले सेवाग्राहीसँग पनि समस्याबारे जानकारी लिएका थिए । 

मन्त्री कार्कीले जनभावना बुझेर सेवा दिन कर्मचारीलाई निर्देशन दिए । उनले भने, “कानुनी जटिलता भए प्रदेश सरकार त्यसलाई संशोधन गर्न पनि तयार छ । तर सेवाग्राहीलाई सहज हुने गरी काम हुनुपर्‍यो ।” मन्त्री कार्कीले यातायात कार्यालय प्रदेश सरकारसँग जोडिएको निकाय भएकोले पनि यसको विषयमा हुने गरेको टिकाटिप्पणीको अन्त्य हुनुपर्नेमा जोड दिए ।

यातायात कार्यालयका निमित्त कार्यालय प्रमुख प्रेमप्रसाद सापकोटाले सेवाग्रहीको चाप अत्यधिक हुने गरेको तर आफूहरूले सकेसम्म छिटो र छरितो ढंगको सेवा दिने प्रयास गरेको बताए । उनले कार्यालयभित्र दलालहरुलाई प्रवेशमा रोक लगाइएको मन्त्री कार्कीलाई जानकारी गराए । गैसारमा कार्यालय सारेपछि सेवाग्राहीलाई पर्याप्त क्षेत्रफल भएका कारण सहज भएको बताउँदै उनले भने,“पहिलेको कार्यालय रहेको स्थानमा पाकेटमारी हुने जस्ता समस्या रहेको र अहिले अलिकति टाढा भएपनि गैसारमा त्यो समस्या देखिएको छैन ।”

यातायातका इटहरीस्थित दुवै कार्यालय अहिले भाडामा संचालनमा छन् । सरकारले इटहरीमै आफ्नो संरचना निर्माण गरिरहेको छ । त्यो केही समयपछि तयार हुने र यातायातका सबै सेवा त्यहीँबाट सुरु हुने कार्कीले बताए । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २२, २०७८  १८:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro