site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ममाथि देउवाबाट पटक पटक राजनीतिक हिंसा भयो : गुरु घिमिरे 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेपाली कांग्रेसका नेता गुरु घिमिरेले प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले आफूमाथि पटक पकट राजनीतिक हिंसा भएको आरोप लगाएका छन् ।

उनले आफूमाथि सत्ताले लगातार आक्रमण गरेको बताए । सत्ता सत्यसँग डराएको हुँदा आफूमाथि बेइमानी भएको बताए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

“ओलीको निरंकुशतामा आवाज नउठाएको भए सभापति प्रधानमन्त्री बन्न सक्नुहुँदैन थियो,” उनले भने, “४१ महिनापछि सभापति प्रधानमन्त्री बन्नभयो । राजनीति हिंसाको सुरुवात देउवाबाटै भएको हो । पहिले मलाई क्षेत्रबाट सिफारिस भएको टिकट दिइएन । पहिलो राजनीतिक हिंसा त्यहाँबाट भएको थियो । अहिले पनि धनवाद डनबाद सबै देखियो । मत लुटिएका छन् । मेरै आँखा अगाडि मत लुटिएका छन् । अहिले सत्ताको दुरुपयोग गरेर ममाथि राजनीतिक हिंसा गर्नुभएको छ । अहिलेको चुनावमा बाहिरको पाखण्ड र ढोँग पनि देखियो । मन्त्री सबै मोर्चाबन्दी गरेर पैसाको खोलो बगाएको पनि देखियो ।”

उनले कन्फ्युजनको प्रचार गरिएको भन्दै अन्तिममा चामत्कारिकरुपमा २ मतले पराजित गरेको बताए ।

Royal Enfield Island Ad

“१६३४ गन्दा लिडमा थिएँ, अन्तिममा घटाएर चमत्कारिकरुपमा २ मतले हारेको घोषणा गरियो,” उनले भने, “पुनः मतगणनाको माग गरेको छु । अहिले केन्द्रीय निर्वाचन समितिमा आए पनि आलटाल गरिरहेको छ । केन्द्रबाट निर्देशन आए गर्छौँ भनेको छ । मैले प्रतिष्पर्धा गरेको फेरि हेर्न पाउँ भन्दा पनि निर्देशन दिइएको छैन । तुरुन्त निर्णय गर्न भनेको छु तर हुन सकेको छैन । यो अर्को अधिनायकवाद र निरंकुशता हो ।”
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २१, २०७८  १५:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro