site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
तुलसीपुरमा विपद् प्रतिकार्य कार्ययोजना निर्माण

दाङ । तुलसीपुर उपमहानगरपालिकाले विपद् जोखिम न्यूनीकरणका लागि पूर्वतयारी थालेको छ । विपद् कुनै पनि समयमा आउन सक्ने र त्यसले मानवीय तथा भौतिक संरचनामा क्षती पुर्याउन सक्नेभन्दै जोखिम न्यूनीकरण गर्न आवश्यक रणनीतिहरू निर्माण गरेको छ ।

वन, वातावरण तथा विपद् व्यवस्थापन शाखाका संयोजक नवराज लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा विपद् व्यवस्थापन प्रतिवद्धता एवं कार्ययोजना निर्माण गरिएको हो । उक्त कार्ययोजनाले विभिन्न विषयगत समिति, तिनको क्षेत्राधिकार र क्षेत्रगत विषयमा मुलप्रवाहिकरणको काम गर्नेछ । १३ वटा बुँदामा रहेर उपमहानगर–पालिकाले यूएसएआईडीको नेपाल परियोजनाको सहकार्यमा उक्त कार्ययोजना निर्माण गरेको हो ।

उपमहानगरपालिकाले माघ मसान्तभित्र विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यका लागि स्वयम्सेवक परिचालन निर्देशिका निर्माण गर्ने गरी कार्ययोजना निर्माण गरेको छ । निर्देशिका उपमहानगर–पालिकाको शिक्षा महाशाखाले तयार पार्ने गरी जिम्मेवारीसमेत बाँडफाँड गरेको छ । यसैगरी विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन रणनीतिक कार्ययोजना तत्काल कार्यान्वयन गर्ने गरी विपद् व्यवस्थापन शाखाले जिम्मेवारी लिएको छ ।

पुस १७ गतेसम्म विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावली तयार पार्ने गरी कार्ययोजना निर्माण गरेको छ भने मंसिर मसान्तसम्म आपत्कालीन कार्यसञ्चालन केन्द्र स्थापना गर्ने, फागुन मसान्तसम्म विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण गर्ने, विपद् जोखिम न्यूनीकरण तथा स्थापन अनुक्रमणिकालाई नियमित गर्ने, फागुन मसान्तसम्म विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि छिमेकी पालिकाबीच भगेनी सम्बन्ध कायम गर्ने र आवश्यक संयन्त्र निर्माण गर्ने गरी कार्ययोजना निर्माण गरिएको छ । उक्त कार्ययोजनाहरू विपद् व्यवस्थापन शाखा तथा वन वातावरण तथा व्यवस्थान समितिले पूर्णरूपले कार्यान्वयनमा ल्याउने प्रतिवद्धता व्यक्त गरेको छ ।

यसैगरी आवश्यकतानुसार विपद् व्यवस्थापन शाखा र वन, वातावरण तथा विपद् व्यवस्थापन समितिले खोज तथा उद्दार सामग्रीको उपलब्धता गराउने, पुस मसान्तसम्म खुला क्षेत्रको पहिचान तथा व्यवस्थापन, माघ मसान्तसम्म निजी क्षेत्रलाई विपद् जोखिम न्यूनीकरणका लागि भूमिका र व्यवसाय निरन्तरताको लागि अनुभूति गराउने, नियमित रुपमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि पालिका, वडास्तरीय समितिका पदाधिकारी, कर्मचारी र सरोकारवालाहरुका लागि आवश्यक क्षमता विकासको कार्यक्रमहरु सञ्चालन गर्ने गरी कार्ययोजना तयार पारेको छ ।

फागुन महिनामा अनुभव आदानप्रदान तथा भ्रमण, नियमित विपद्सम्बन्धी अध्ययन अनुभव आदानप्रदान गर्ने गरी तयार नेपालको सहकार्यमा उपमहानगर–पालिकाले उक्त कार्ययोजना निर्माण गरेको हो । कार्ययोजना निर्माणले कुनैपनि क्रियाकलाप चुस्तदुरुस्त गर्न/गराउन सहयोग गर्ने भन्दै उक्त कार्ययोजना निर्माण गरिएको हो ।

कार्ययोजना निर्माण गर्दै तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले कार्ययोजना अन्तर्गतका सम्पूर्ण गतिविधिहरु प्रभावकारी ढङ्गले सञ्चालन गर्ने प्रतिवद्धतासमेत व्यक्त गरे । तयार नेपालको सहकार्यमा दुई वर्षदेखि विपद् जोखिम न्यूनीकरण, प्रतिकार्य, पुनर्लाभ लगायतका कामहरु गर्दै आएको बताए । व्यवस्थित कार्ययोजनाले स्थानीयस्तरमा कम गरिरहेका सरोकारवालाहरुलाई विपद् व्यवस्थापनका लागि क्षमता विकासमा टेवा पुर्याउने उनले वताए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: सोमबार, मंसिर २०, २०७८  १३:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro