site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमाले मतदानस्थलमा तयारी तीव्र, यसरी गरिन्छ मतदान (भिडियोसहित)
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

सौराहा । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत निर्वाचनको तयारी तीव्र पारिएको छ । निर्धारित तालिकाअनुसार आज राति ९ बजेदेखि मतदान हुनेछ ।

अध्यक्षसहित उपाध्यक्ष, सचिव पदमा निर्वाचन हुन लागेको हो । पदाधिकारीमा वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव भने निर्विरोध चयन भएका छन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

चितवनको सौराहस्थित होटेल सेभेन स्टारको एउटा हलमा मतदानस्थल तयार गरिएको छ । विद्युतीय मेसिनबाट मतदान हुनेछ । बढीमा १०० वटा मेसिनबाट मतदान हुने एमाले केन्द्रीय निर्वाचन आयोगका अधिकारीहरूले जानकारी दिएका छन् ।

राम–लक्ष्मण भोटिङ मेसिनबाट मतदान हुन लागेको हो । उक्त भोटिङ मेसिनका निर्मातामध्येका एक राम रिमालले आफूहरू तयारी अवस्थामा रहेको बताए ।

Royal Enfield Island Ad

“हामी तम्तयार अवस्थामा छौँ । मेसिनमा गर्नुपर्ने प्राविधिक परीक्षणका कामहरू सकाइसकेका छौँ,” उनले बाह्रखरीसित भने ।

मतदानअघि अन्तिम परीक्षण गरेर मात्रै मतदाताका लागि भोटिङ मेसिन खुला गरिने उनले जानकारी दिए । त्यस्तो प्रक्रियाका लागि ६/७ सात घण्टाको समय लाग्ने उनले बताए ।

एकजना मतदातालाई भोटिङ गर्न करिब ३० मिनेट लाग्ने अनुमान गरिएको उनको भनाइ छ । यस्तै, मतगणना गर्न तीन–चार घण्टा लाग्ने उनले जानकारी दिए ।

भिडियो हेर्नोस्–

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १३, २०७८  १३:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro