site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दक्षिण अफ्रिकाबाट नेपाली नागरिक आउन पाउने, कूटनीतिकका कर्मचारीलाई पनि अनिवार्य क्वारेन्टिन 
प्रतीकात्मक तस्बिर ।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । दक्षिण अफ्रिकालगायत अफ्रिकी देशहरूमा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन देखिएपछि सरकारले दक्षिण अफ्रिकी  नागरिकलाई नेपाल प्रवेशमा रोक लगाएको छ । गृह मन्त्रालयले आइतबारदेखि नै लागु हुने गरी यस्तो निर्णय गरेको हो ।

कूटनीतिक, सरकारी औपचारिक र आपत्कालीन कामबाहेक अफ्रिकी नागरिकलाई नेपाल प्रवेशमा तत्काललाई रोक लगाउन अध्यागमन विभागलाई आदेश दिइएको गृहका प्रवक्ता फडिन्द्रमणि पोखरेलले जानकारी दिए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

अध्यागमन विभागले आइतबारदेखि नै निर्णय कार्यान्वयन गरिसकेको जनाएको छ । विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थाल र भारतीय सीमानाकामा पनि सोहीअनुसार गर्न निर्देशन दिइएको बताए ।

“अहिलेलाई अस्थायी रूपमा गृहको निर्णय कार्यान्वयनमा ल्याइएको छ । आजकोे सीसीएमसीसी बैठकले के निर्णय गर्छ, सोहीअनुसार अन्य कदम चालिनेछ,” महानिर्देशक भट्टराइले भने ।

Royal Enfield Island Ad

उनका अनुसार दक्षिण अफ्रिकी मुलुकहरूबाट ती देशका नागरिकलाई प्रवेश रोक लगाए पनि नेपाली नागरिकलाई भने आउन दिइनेछ । उनीहरूलाई विमानस्थालमा नै स्वास्थ्य जाँच गरी होटेल क्वारेन्टिनमा राखिनेछ ।

त्यसैगरी, कूटनीतिक, सरकारी औपचारिक र आपत्कालीन कामका लागि आउने व्यक्तिले पनि सरकारले तोकेका होटेलमा १४ दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १३, २०७८  ११:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro