काठमाडौं । नेपाली कांग्रेसका नेताद्वय प्रकाशमान सिंह र शेखर कोइरालाबीच भेटवार्ता भएको छ । आज सिंहलाइ भेट्न नेता कोइराला चाक्सिबारीस्थित सिंह निवास पुगेका थिए ।
चाक्सिबारी स्रोतकाअनुसार भेटमा १४औँ महाधिवेशनमा सभापतिका लागि सहयोग गर्न दुवै नेताले एक अर्कालाई आग्रह गरेका थिए । भेटको अन्तर्य नखुले पनि नेता कोइरालाले आफू सभापति उठ्ने र त्यसबाहेकका पदमा सहमति गरेर जानुपर्ने भनेका थिए ।नेता सिंहले पनि सभापति लड्ने र मिलेर अघि बढ्न आग्रह गरेका थिए ।
केही समयदेखि नेता सिंह रामचन्द्र पौडेल समूहबाट बाहिर छन् । उनी समूहका भेला र बैठकहरूमा पनि उपस्थित हुन छाडेका छन् ।
नेता सिंहलाई भेट्न हिजो नेता पौडेल पनि चाक्सिबारी पुगेका थिए ।
नेता सिंह र कोइरालाबिच बुधबार बिराटनगर बिमानस्थलमा आकस्मिक भेट भएको थियो ।