site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
धार्मिक स्वतन्त्रता 'उल्लङ्घन गर्ने' देशको सूचीमा चीन र पाकिस्तान पर्दा भारत परेन !
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । अमेरिकाले चीन, पाकिस्तान, उत्तर कोरिया, इरान, म्यानमार लगायतका देशलाई धार्मिक स्वतन्त्रता उल्लङ्घन गर्ने देशको सूचीमा राखेको छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले बुधबार धार्मिम स्वतन्त्रता उल्लङ्घन गर्ने देशहरूको लागि ‘कन्ट्रिज अफ पर्टीकुलर कन्सर्न’ सीसीपी (विशेष चासोका देशहरू)को सूची जारी गरेका हुन् ।

“मैले बर्मा (म्यानमार), जनवादी गणतन्त्र चीन, इरिट्रिया, इरान, डीपीआके (उत्तर कोरिया), पाकिस्तान, रुस, साउदी अरेबिया, ताजिकिस्तान, र तुर्कमेनिस्तानलाई धार्मिक स्वतन्त्रताको व्यवस्थित, निरन्तर र गम्भीर उल्लङ्घनमा संलग्न भएको वा सहन गरेकोमा ‘कन्ट्रिज अफ पर्टीकुरल कन्सर्न’ (विशेष चासोका देशहरू)को रूपमा तोकिरहेको छु,” अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले भने ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

धार्मिक स्वतन्त्रताको आकलन गर्ने एक अमेरिकी प्यानल ‘यूएस कमिसन अन इन्टरनेसनल रिरिजियस फ्रिडम’को सूचीमा भारतलाई पनि समावेश गर्न सुझाव दिइएको तर यसका बाबजुद बाइडन प्रशासनले भारतको नाम सूचीमा समावेश नगरेको बीबीसी हिन्दीले जनाएको छ । यसबारेमा केही मानिसहरूले प्रश्न उठाएका छन् । भारतलाई सीपीसी सूचीमा नराखेकोमा इन्डियन अमेरिकन मुस्लिम काउन्सिलले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनको आलोचना गरेको छ ।

ब्लिङ्कनले अलजेरिया, कामोरोर, क्युबा र निकारागुवालाई धार्मिक स्वतन्त्रताको गम्भीर उल्लङ्घनको घटनामा संलग्न भएको वा सहन गरेकोमा ‘स्पेसल वाच लिस्ट’ (विशेष निगरानीको सूची)मा राखेको घोषणा गरे ।

Royal Enfield Island Ad

अमेरिकाले अल–शबाब, बोको हराम, हायात तहरिर अल शाम, हुदीज, आईएसआईएस, आईएसआईएस–ग्रेटर साहारा, आईएसआईएस–वेस्ट अफ्रिका, जमात नासर अल–इस्लाम वाल मुस्लिम र तालिवानलाई ‘इन्टिटिज् अफ पर्टीकुलर कन्सर्न’ (विशेष चासोका समूहहरू)को रूपमा घोषणा गरेको छ ।

अमेरिकाले हरेक वर्ष यस्ता देश र संगठनको सूची जारी गर्ने गर्छ ।

आजको विश्वमा धार्मिक स्वतन्त्रताका चुनौतीहरू संरचनागत, प्रणालीगत र गहिरोगरी जरा गाडेर बसेको ब्लिङ्कनले बताए । “तिनीहरू प्रत्येक देशमा विद्यमान छन्,” उनले भने, “घृणा, असहिष्णुता, र उत्पीडनलाई यथास्थितिको रूपमा स्वीकार गर्न नचाहने सबैबाट उनीहरूले दिगो विश्वव्यापी प्रतिबद्धताको माग गर्छन् । उनीहरूलाई अन्तर्राष्ट्रिय समुदायको तत्काल ध्यानाकर्षण आवश्यक छ ।”                                               

ब्लिङ्कनले विश्वभर धार्मिक स्वतन्त्रताको विकास गर्न अमेरिका सरकारहरू, नागरिक समाज संगठनहरू र धार्मिक समुदायका सदस्यहरूसँग काम गर्न प्रतिबद्ध रहेको पनि बताएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २, २०७८  २१:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro