site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्वर्गीय महेन्द्र गोल्छाको स्मृतिमा विराटनगरमा विविधि कार्यक्रम
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

विराटनगर । उद्योग संगठन मोरङले पूर्वअध्यक्ष तथा वरिष्ठ उद्योगपति एवम् समाजसेवी स्वर्गीय महेन्द्र गोल्छाको १२औँ स्मृतिमा दिवसमा विविध कार्यक्रम सम्पन्न गरेको छ ।

संगठनले बिहीबार विभिन्न कार्यक्रमको आयोजना गरी गोल्छाले आर्थिक, औद्योगिक, सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानलाई स्मरण गरेको हो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

त्यस अवसरमा संगठनका अध्यक्ष सुयश प्याकुरेलले सचिवालयम रहेको गोल्छाको अर्धकदको शालिकमा माल्यार्पण गर्दै उनले उद्योग/व्यवसाय क्षेत्रको हित, व्यवसायीक एकतामा पुर्‍याएको योगदानको स्मरण गरे । प्याकुरेलले भने, “तत्कालीन समयमा औद्योगिक विकासका लागि दीर्घकालीन महत्व राख्ने विशेष आर्थिक क्षेत्रको स्थापना, एग्रो–इन्डस्ट्रियल लिङ्केज, नो वर्क–नो पे को अवधारणा ल्याउन वास्तममै महत्वपूर्ण थियो ।”

शलिकमा माल्यापर्णद गर्दै संगठनका पूर्व अध्यक्ष एवम् गोल्छाका भाइ दिनेश गोल्छाले संगठनले उद्योगी/व्यवसायीको सामूहिक हितका साथै श्रमिकको हक एवम् औद्योगिक क्षेत्रको सर्वाङ्गिर्ण विकासलाई मध्यनजर गरी साझा उद्देश्य पूर्तिमा केन्द्रित हुनु गोल्छाले सदैव जोड दिने गरेको सुनाए ।

Royal Enfield Island Ad

संगठनको महिला उद्यम समिति तथा सामाजिक विकास समितिको तत्वावधानमा संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्दै उद्योगका कार्यरत महिलाहरुको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी संगठनले सबै उद्योगहरूमा भेन्डिङ मेसिन राख्ने अभियानसमेत सुरु गरेको छ । बिहीबार टंकिसीनुवारीस्थित दुगड फुड एन्ड स्पाइसेस प्रा.लि. मा एक थान भेन्डिङ मेसिन सञ्चालनमा ल्याई अभियान  शुभारम्भ गरिएको छ ।

त्यसैगरी संगठनले यसअघि नै गोल्छा औद्योगिक अध्ययन केन्द्र गठन गरी उनको योगदानलाई चीरकालसम्म स्मरणीय बनाउन केन्द्र मार्फत आर्थिक विकासका विविध आयामहरुमा अध्ययन अनुसन्धान तथा शोधका साथै नीति विश्लेषण गर्न युवा अनुसन्धानकर्ताहरुलाई प्रेरित गर्न विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको जनाइएको छ । 

१२औँ स्मृतिको विभिन्न कार्यक्रमहरूमा संगठनका उपाध्यक्ष राजकुमार गोल्छा, नन्दकिशोर राठी, कोषाध्यक्ष विपिन कावरा, कार्यसमिति सदस्य सुवोध कोइराला, सुरेन्द्र गोल्छा, संजय अग्रवाल, तारानाथ निरौला, ईन्द्र खत्री, पारस लुनिया, शौरभ सारडा, महिला उद्यम समितिको सह–संयोजक जयश्री जाजु, सदस्यहरू प्रतिभा पौडेल, लक्ष्मी घिमिरे, सावित्रा ढकाल, स्व. गोल्छाका छोरा पारस गोल्छालगायत सहभागी थिए । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २, २०७८  १८:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro