site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
प्रतिविद्रोह तथा जंगल युद्धकला तालिम समापन
SkywellSkywell

काठमाडौं । नेपाली सेनालगायत विदेशी सेनालाई प्रतिविद्रोह तथा जंगल युद्धकला सम्बन्धी ज्ञान दिलाउने उद्देश्यले सञ्चालित तीन महिनाभन्दा लामो तालिम समापन भएको छ ।

अमलेखगञ्जमा तैनाथ सेनाको श्री प्रतिविद्रोह तथा जंगल वारफेयर शिक्षालयमा स्वदेशी तथा विदेशी शिक्षार्थी सहभागी गराई सञ्चालन भएको “प्रतिविद्रोह तथा जंगल युद्धकला” तालिम एक कार्यक्रमकाबीच समापन गरिएको हो ।

Dabur Nepal
NIC Asia

कार्यक्रममा शिक्षालयको विविध गतिविधिहरू समावेश गरी तयार पारिएको 'अ जर्नी टू एक्सिलेन्स' नामक कफी टेबल बुक समेत विमोचन गरिएको थियो । कार्यक्रममा सेनाका रथीवृन्द तथा अधिकृतलगायत नेपालस्थित अमेरिकी राजदूतावासका सैनिक सहचारी, अफिस अफ डिफेन्स कोअपरेसनका प्रमुखलगायतको उपस्थित थिए । 

तालिममा सेनाका शिक्षार्थी अधिकृत २३ जना र अन्यदर्जा ५२ जना गरि जम्मा ७५ जना सहभागी थिए । विदेशी शिक्षार्थीतर्फ अमेरिका, केन्या, बंगलादेश, श्रीलंका तथा कोरियाबाट अधिकृत शिक्षार्थी जम्मा ५ जना सहभागी रहेको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १, २०७८  १७:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro