site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चिया र अलैँची लक्षित कर सुधार तथा राजस्वसम्बन्धी छलफल
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

झापा । निर्यातजन्य कृषिवस्तु चिया र अलैँचीमा विद्यमान समस्या, कर सुधार एवं राजस्व नीतिका सम्बन्धमा सरोकारवालहरुसँग छलफल भएको । अर्थ मन्त्रालयअन्तर्गतको नेपाल राजस्व परामर्श समितिले विर्तामोडमा आयोजना गरेको कार्यक्रममा चिया र अलैँची कृषिजन्य उत्पादन भएकाले यी वस्तुमा लिइने कर र राजस्वमा विशेष छुट हुनुपर्ने नेपाल अलैँची व्यवसायी महासङ्घका उपाध्यक्ष इन्द्रचन्द विन्दलले बताए । 

नेपाल पहाडी चिया उत्पादक सङ्घका अध्यक्ष उदय चापागाईं, सूर्योदय चिया उत्पादक सङ्घका अध्यक्ष उक्तम श्रेष्ठले चिया तथा अलैँची क्षेत्रका समग्र समस्या र समाधानका उपायका बारेमा जानकारी दिएका थिए । उनीहरूले नेपाल राजस्व परामर्श समितिका अध्यक्ष महेश दाहालमार्फत सरकारलाई छुट्टाछट्टै ज्ञापनपत्र बुझाएका छन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

कार्यक्रममा झापा उद्योग सङ्घका अध्यक्ष यमबहादुर श्रेष्ठले नेपालबाट निर्यात हुने कृषि वस्तुमा बेला–बेला भारतले विभिन्न बाहाना झिकेर समस्या सिर्जना गर्ने गरेको बताउँदै तेस्रो मुलुक निर्यातका लागि पनि विकल्प खोज्नुपर्ने बताए । 

अग्रज चिया उद्योगी चण्डीप्रसाद पराजुलीले मुलुकमा सङ्घीयता आएसँगै दोहोरो–तेहेरो करले उद्यमी–व्यवसायी मारमा परेको भन्दै कृषिवस्तुमा राज्यले अपेक्षाकृत सुविधा दिए निर्यात बढ्ने र त्यसले व्यापार घाटा कम गर्न सहयोग पुग्ने धारणा व्यक्त गरे । 

Royal Enfield Island Ad

समितिका अध्यक्ष दाहालले उद्यमी–व्यवसायीले राखेका सुझावलाई सकारात्मक रुपमा लिँदै चिया, अलैंँचीलगायत कृषिवस्तुमा कर एवं राजस्व र निर्यातमा देखिएका समस्या समाधानका लागि समितिले सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक ३०, २०७८  ०७:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro