site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेशनल पेमेन्ट स्वीचको पहिले चरण सञ्चालनका लागि राष्ट्र बैंकले दियो स्विकृति
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं ।  पहिलो चरणको रिटेल पेमेन्ट स्वीच सञ्चालनका लागि नेपाल क्लियरिङ्ग हाउसले अन्तिम स्वीकृती पाएको छ । नेपाल राष्ट्र बैंकले नेशनल पेमेन्ट स्वीच परियोजना अन्तर्गत पहिलो चरणको रिटेल पेमेन्ट स्वीच सञ्चालनका लागि क्लियरिङ्ग हाउसलाई स्वीकृति दिएको हो ।

नेशनल पेमेन्ट स्वीचको पहिलो चरण अन्तर्गतको पूर्वाधार तथा आवश्यक कार्यहरुको तयारी सकिए पश्चात उक्त स्विकृती प्राप्त गरेको क्लियरिङ हाउसले जनाएको छ ।  उक्त स्वीचमा आबद्ध हुन बैंक/वित्तिय संस्थाहरु, भुक्तानी सेवा प्रदायक तथा भुक्तानी प्रणाली सञ्चालकहरु लगायतसँग समन्वय गरी छिट्टै उक्त प्रणाली सञ्चालनमा ल्याउन जनाएको छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

विद्युतिय भुक्तानीका उपकरणको प्रयोगलाई सहज र सुरक्षित बनाउन भुक्तानी कार्ड, रिटेल पेमेन्ट, क्यूआरलगायत विद्युतिय भुक्तानीका माध्यमबीच अन्तर आबद्धता कायम गर्ने कार्य यसले गर्नेछ । यसरी नेपाल भित्र हुने कारोबारको भुक्तानी र फरफारक गर्न तथा नेपालको आफ्नै भुक्तानी कार्डसमेत प्रयोगमा ल्याउन नेशनल पेमेन्ट स्वीचको स्थापना गर्ने कार्यको लागि नेपाल क्लियरिङ्ग हाउसले स्वीकृति पाएको थियो ।

उक्त नेशनल पेमेन्ट स्वीच नेपाल क्लियरिङ्ग हाउसले दुइ चरणमा कार्यान्वयन गर्न लागेको हो । पहिलो चरणमा कार्ड बाहेकका रिटेल कारोबारमा प्रयोग हुने बैंक खाता, वालेट, क्यूआरलगायत भुक्तानीहरुका लागि आवश्यक पूर्वाधार तथा भुक्तानी उपकरणहरु स्थापना गरिएको क्लियरिङ हाउसले जनाएको छ । दोश्रो चरणमा कार्डका लागि नेशनल कार्ड स्वीच र नेपाल पेमेन्ट कार्डको लागि आवश्यक कार्य अघि बढाएको जनाएको छ ।  

Royal Enfield Island Ad

नेशनल पेमेन्ट स्वीच सञ्चालनमा आएसँगै नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको नेपाल क्यूआर स्ट्याण्डर्ड पूर्ण रूपमा कार्यान्वयन हुनेछ । उक्त स्ट्याण्डर्डको नेपालले  क्यूआर लागु हुने जनाएइको छ । यस्तै नेपाल भित्र रहेका क्यूआरबीच समेत अन्तरआबद्धता कायम गर्न सकिने छ ।

सेवा बापतको भुक्तानीहरुलाई कुनै पनि बैंक/वित्तिय संस्था वा भुक्तानी सेवा प्रदायकका वैकल्पिक च्यानलहरुबाट भुक्तानी गर्दा रिटेल पेमेन्ट स्वीचमार्फत कारोबार र यसको फर्छ्यौट गर्न सकिने जनाएको छ । वालेट–वालेट बीचको अन्तरआबद्धता कायम गरी एउटा भुक्तानी सेवा प्रदायकबाट अर्को भुक्तानी सेवा प्रदायकमा वालेटबाट नै रकम ट्रान्स्फर गर्नेलगायत भुक्तानी गर्न सकिने जनाएको छ । त्यस्तै विद्युतीय आदेशमा आधारित रिक्वेस्ट–टु–पे अन्तर्गतको नयाँ भुक्तानी उपकरणहरु प्रयोगमा क्लियरिङ हाउसले जनाएको छ । हाल सञ्चालनमा रहेका भुक्तानी प्रणाली सञ्चालक तथा अन्य संस्थाको अन्तिम सेटलमेन्ट समेत एनसीएचएलमार्फत गर्ने सक्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २९, २०७८  १४:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro