site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजीको संकट, सीडी रेसियो ९० प्रतिशत नाघ्यो
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजीको अभाव चरम अवस्थामा पुगेको छ । वाणिज्य बैंकहरूको औसत कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) नै ९० प्रतिशत नाघेको छ । नेपाल बैंकर्स संघले उपलब्ध गराएको कार्तिक २६ गते शुक्रबारसम्मको विवरणअनुसार वाणिज्य बैंकहरूको औसत सीडी रेसियो ९०.१८ प्रतिशत पुगेको छ ।

कार्तिक १७ गते ८९.८७ प्रतिशत रहेको औसत सीडी रेसियो त्यसपछि बैंकिङ प्रणालीबाट १५ अर्ब निक्षेप गायब हुँदा ९० प्रतिशत माथि पुगेको हो । तर, कार्तिक १७ पछि बैंकहरूले थप तीन अर्ब कर्जा विस्तार गरेका छन् ।

बैंकर्स संघबाट प्राप्त तथ्याङ्कअनुसार कार्तिक १७ गते ४२ खर्ब ३८ अर्ब रहेको वाणिज्य बैंकहरूको कुल निक्षेप कार्तिक २६ गते आउँदा घटेर ४२ खर्ब २३ अर्बमा झरेको छ । त्यसभन्दा अघिल्लो साता बैंकिङ प्रणालीबाट ९ अर्ब रुपैयाँ निक्षेप गायब भएको थियो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

यस्तै, कार्तिक २३ मा वाणिज्य बैंकहरूको कुल कर्जा लगानी ४० अर्ब २५ करोड रहेकोमा २६ गते आउँदा ४० खर्ब २८ अर्ब पुगेको छ ।

कार्तिक लागेपछि मात्रै बैंकिङ प्रणालीबाट ४६ अर्ब निक्षेप गायब भएको छ । ४६ अर्ब मध्ये २७ अर्ब विदेशी मुद्राको निक्षेप रहेको छ भने १८ अर्ब स्वेदेशी मुद्राको निक्षेप रहेको छ । तर, यस अवधिमा कर्जा लगानी भने ३० अर्बले बढेको छ ।

Royal Enfield Island Ad

प्रथम त्रैमासमा सातामा नै लगानी गर्ने कर्जा बैंकहरूले पुँजी अभावमा अहिले एक महिनामा पनि लगानी गरेका छैनन् । असोज मसान्तमा ४२ खर्ब ६९ अर्ब रहेको वाणिज्य बैंकहरूको कुल निक्षेप कार्तिक २६ गते घटेर ४२ खर्ब २३ अर्बममा झरेको छ । यस्तै, असोज मसान्तमा ३९ खर्ब ९८ अर्ब रहेको कर्जा लगानी कार्तिक २६ गते बढेर ४० खर्ब २८ अर्ब पुगेको छ ।

प्रणालीमा लगानीयोग्य पुँजीको चरम अभाव भएपनि पछिल्लो केही दिनयता नेपाल राष्ट्र बैंक र अर्थमन्त्रालयबीचको सम्वाद बढ्दै गएको छ । गत शुक्रबार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतलाई बोलाएर राष्ट्र बैंकको उच्च अधिकारीसहित छलफल गरेका अर्थमन्त्रीले आज पुन: राष्ट्र बैंका गभर्नरको ब्रिफिङ सुनेका छन् ।

मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाको तयारीमा राष्ट्र बैंक जुटेको छ । मोद्रिक नीति समीक्षाबाट वर्तमान समयमा कसरी समाधान गर्ने र उत्पादनमुलक क्षेत्रमा कर्जा विस्तार र तयसले आर्थिक वृद्धिमा कसरी सहयोग गर्छ भन्ने विषयमा मन्त्रालयको छलफल केन्द्रित रहेको मन्त्रालयका अधिकारीहरू बताउँछन् । 

नेपाल राष्ट्र बैंकले चालु मौद्रिक नीतिबाट कर्जा–स्रोत परिचालन अनुपात (सीसीडी रेसियो) खारेज गरेर सीडी रेसियो कार्यान्वयनमा ल्याएको थियो । जसले गर्दा पुँजीको पर्याप्त भएपनि निक्षेप सङ्कलन गर्न नसक्ने बैंककहरूले थप कर्जा लगानी गर्न पाएका छैनन् । कतिपय बैंकहरूले पैसा भएर पनि कर्जा लगानी गर्न नपाएको र अहिलेको अवस्था सीडी रेसियोको कारणले आएको भन्दै त्यसमा सहजता अपनाउनुपर्ने बताइरहेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक २८, २०७८  १६:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro