site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अमेरिकी उपविदेशमन्त्री काठमाडौं आउँदै, प्रधानमन्त्री देउवासहित नेताहरूसँग भेटघाट गर्ने 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेन्ज कर्पोरेशनको अनुदान मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)बारे सत्तारूढ दलका नेताहरूबीच मतभिन्नता रहेका बेला अमेरिकी उपविदेशमन्त्री डोनल्ड लु काठमाडौँ आउने भएका छन् ।

दक्षिण र मध्य एसिया मामिला हेर्ने उप विदेशमन्त्री नोभेम्बर १७ (मंसिर १) गते नेपाल आउन लागेका हुन् । उनले प्रधानमन्त्री शेर बहादुर देउवा र सरकारका नेताहरूसँग भेटघाट गर्ने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ग्लास्गोबाट फर्केपछि त्यहाँ एमसीसीकी उप प्रमुख कार्यकारी अधिकृत एलेक्सिया ल्याटोर्तुसँग भेटेको र आफूले एमसीसीलाई सत्ता गठबन्धनसँग मिलेर अघि बढाउने जानकारी दिएको बताएका थिए । उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र आफूले एमसीसी पास गराउँछौँ भनेर पत्र पठाइसकेको पनि बताएका थिए । तर, माओवादी केन्द्रका अध्यक्ष दाहालले भने प्रधानमन्त्री देउवाको भनाईको खण्डन गर्दै एमसीसी पारित गर्छौँ भनेर चिठी नलेखिएको बताएका थिए । प्रमुख प्रतिपक्षी दलका नेता एवं पूर्व प्रधानमन्त्री केपी ओलीले दुईमध्ये एकले झुट बोलेका भन्दै प्रष्ट पार्न माग गरेका थिए । 

यस्तो अवस्थामा अमेरिकी उप विदेशमन्त्री नेपाल आउन लागेका हुन् । उनले नेपाली नेताहरूसँग एमसीसी लगायतका विषयमा छलफल गर्ने सम्भावना रहेको छ । एमसीसी सैन्य रणनीति अन्तरगत पर्छ या पर्दैन भन्ने विषयमा नेपालमा जनस्तरमै विवाद हुँदै आएको छ । 

Royal Enfield Island Ad

परराष्ट्र मन्त्रालयका प्रवक्ता सह सचिव सेवा लम्सालले अमेरिकी उप–विदेशमन्त्रीको काठमाडौँ भ्रमणमा नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखेर दुई देशको पारस्पारिक हितको विषयमा छलफल हुने बताइन् । थप कुरा छलफलपछि जानकारी दिइने उनको भनाई छ । 

उप विदेशमन्त्री नेपाल आउनुअघि नोभेम्बर १५ मा माल्दिभ्स जानेछन् । त्यहाँ उनले विदेशमन्त्री अहमेद खालील र सरकारका वरिष्ठ अधिकारीहरू सहित नागरिक समाजका नेताहरूलाई भेट्नेछन् । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक २८, २०७८  ११:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro