site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
थापाथली सडक : हजारौं बिरामीलाई दुख्यो, दुखेन सरोकारवालालाई (भिडियोसहित)

काठमाडौं । काठमाडौंस्थित थापाथलीमा दुई ठूला अस्पताल छन्, प्रसुति गृह र नर्भिक । यि दुवै अस्पतालमा बिरामीको ठूलै चाप रहन्छ । सधैँ व्यस्त र बिरामीको निकै भीड रहने दुई अस्पताल जाने यो बाटोको दुरावस्था भएको महिनौं भइसक्यो तर, सरोकारवालाहरुको ध्यान पटक्कै गएको छैन ।

काठमाडौं महानगरपालिका वडा नम्बर ११ मा पर्ने यो सडक खण्ड निर्माण सम्पन्न भइसक्नुपर्ने चारमहिना अगाडि नै हो । तर, सरकारी निकायले समन्वय नगर्दाको परिणाम हजारौं बिरामी र आफन्तले भोग्न बाध्य भएका छन् ।
 
मेलम्ची खानेपानी आयोजना, काठमाडौं उपत्यका खानेपानी संस्थान, नेपाल टेलिकम र नेपाल विद्युत् प्राधिकरणका कारण यो सडकको दुरावस्था भएको वडा नम्बर ११ का अध्यक्ष हिरालाल तण्डुकार बताउँछन् । एउटा निकायले सडक खन्ने र आफ्नो काम गर्ने, फेरि अर्को निकायले सडक खन्ने र त्यसै छोड्ने गरेकाले यो अवस्था आएको उनको भनाई छ । 


 
त्यसो त नर्भिक अस्पताल व्यवस्थापनले आफ्नै खर्चमा यो सडक खण्डका खाल्डा खुल्डी पुर्न नखोजेको पनि होइन । एक पटक त पुरेको पनि थियो । पछि फेरि यस्तै भयो । पटक पटक ताकेदा गर्दा पनि सरोकारवालाले सडक बनाउन ध्यान नदिएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्र बताउँछन् । 
 
अस्पतालले आफ्नै खर्चमा सडक बनाउन खोज्दा वडाले नदिएको आरोप अस्पतालको छ । 


आफुले धेरैपटक मेलम्ची खानेपानी आयोजना, काठमाडौं उपत्यका खानेपानी संस्थान, नेपाल टेलिकम र नेपाल विद्युत प्राधिकरणलाई आफ्नो काम सक्न भनेको तर एउटा निकायले सकेको काम अर्को निकायले बिगारिदिँदा लामो समयसम्म यो सडक नबनेको उनले बताए ।
 
निर्माण कम्पनीले पनि विभिन्न बहाना बनाउँदै आएको पनि उनले बताए । अब पनि ठेकेदारले यो सडक नबनाए कारबाही गर्ने चेतावनी वडाको छ । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, कात्तिक २५, २०७८  १७:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro