site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
प्रधानसेनापति शर्मा र भारतीय विदेशमन्त्री एस जयशंकरबीच शिष्टाचार भेट

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा र भारतीय विदेशमन्त्री एस जयशंकरबीच आज शिष्टाचार भेट भएको छ । चारदिने भारत भ्रमणमा रहेका प्रधानसेनापति शर्माले तेस्रोदिन आज भारतीय विदेश मन्त्री जयशंकरलाई भेटेका हुन् । 

प्रधानसेनापति शर्मासँगको भेटबारे विदेशमन्त्री जयशंकरले ट्विटमार्फत जानकारी गराएका हुन् । ट्विटमा तबस्वर सार्वजनिक गर्दै जयशंकरले लेखेका छन्, “उहाँको भ्रमणले हाम्रो सम्बन्धको निकटतालाई झल्काउँछ ।”

यस्तै, प्रधानसेनापति शर्मा र विदेशमन्त्री बीचको भेटमा द्वीपक्षीय हितको बारेमा छलफल भएको जंगी अड्डाले जनाएको छ ।

प्रधानसेनापति शर्मा भारतका स्थल सेनाध्यक्ष एमएम नरवणेको निमन्त्रणामा भारत भ्रमणमा छन् । हिजो उनले राष्ट्रपति रामनाथ कोविन्दबाट भारतीय सेनाको मानार्थ महारथीको पदवी ग्रहण गरेका थिए । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, कात्तिक २५, २०७८  १६:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro