site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एसिया–प्रशान्त क्षेत्रमा ‘शीत युद्ध’ विरुद्ध चिनियाँ राष्ट्रपति सीको चेतावनी 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

वेलिङटन । चिनियाँ राष्ट्रपति सी जिनपिङले एसिया प्रशान्त क्षेत्रमा तनावलाई शीत युद्धको मानसिकतामा परिणत हुन नदिने चेतावनी दिएका छन् । एसिया–प्यासेफिक इकोनोमिक फोरमको साइडलाइन सम्बोधनमा अष्ट्रेलियाले परमाणु उर्जाबाट चल्ने पनडुब्बी निर्माण गर्न सक्ने गरी अमेरिका, यूके र अष्ट्रेलियाले गरेको नयाँ सुरक्षा गठबन्धनलाई लक्षित गर्दै सीले यस्तो चेतावनी दिएका हुन् । चीनले उक्त सुरक्षा सम्झौताको कडा आलोचना गरेको छ । 

न्युजिल्यान्डले भर्चुअल फम्र्याटमा आयोजना गरिरहेको एपेकको सीईओ सम्मेलनलाई सीले प्रि–रेकर्डेड भिडियोमार्फत् सम्बोधन गरेका थिए । आफ्नो सम्बोधनमा सीले यस क्षेत्रमा वैचारिक वा भूराजनीतिक रेखाहरूको साथ सीमाहरू खिच्ने प्रयास विफल हुने बताए । “एसिया–प्रशान्त क्षेत्र शीत युद्धकालीन टकराव र विभाजनमा पुनः फर्कन सक्दैन र फर्कनु हुँदैन” उनले भने ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

अर्को साताको सुरुतिर सीले अमेरिकी समकक्षी जो बाइडनसँग भर्चुअल छलफल गर्ने बताइएको छ । ताइवानको विषयलाई लिएर चीन र अमेरिकाबीच तनाव सिर्जना भएका बेला सीको यस्तो चेतावनी आएको हो । 

यसैबीच, सीले जलवायु परिवर्तन र कोभिड–१९ खोपलगायत साझा चुनौतीहरू विरुद्ध सहकार्य गर्न आह्वान गरेका छन् । उनले विकासोन्मुख देशहरूलाई खोपमा थप पहुँच पुर्याउन संयुक्त प्रयास गर्नुपर्ने बताए । 

Royal Enfield Island Ad

सीले यस क्षेत्रले आपूर्ति लाइनहरू सञ्चालन गर्न र व्यापार एवं लगानीलाई उदारीकरण जारी राख्न सुनिश्चित गर्नुपर्ने पनि बताए । “चीन आर्थिक विकासलाई गति दिन सुधार र खुलापनलाई अगाडि बढाउन दृढ रहनेछ”, उनले भने । 

एपी र अलजजिराबाट 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २५, २०७८  ०९:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro