site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
चीनले दियो थप १६ लाख डोज कोरोनाविरुद्धको खोप 
SkywellSkywell

काठमाडौं । चीन सरकारले अनुदानमा दिएको थप १६ लाख डोज कोभिड–१९ विरुद्धको खोप नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ ।

बुधबार मन्त्रालयमा आयोजित कार्यक्रममा चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई खोप हस्तान्तरण गरेकी हुन् । कार्यक्रममा स्वास्थ्यमन्त्री खतिवडाले यस वर्षभित्रै सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्यका साथ सरकार अघि बढेको बताए ।

Dabur Nepal
NIC Asia

उनले हालसम्म नेपाललाई चीनबाट ३४ लाख डोज खोप अनुदान सहायताअन्तर्गत प्राप्त भएको र चीनको जनमुक्ति सेनामार्फत अनुदानमा नै तीन लाख डोज थप अनुदान प्राप्त हुन लागको जानकारी दिए ।

त्यस्तै, उनले द्विपक्षीय खरिद प्रक्रियामार्फत कोरोनाविरुद्धको एक करोड खोप नेपाल आएको बताए । मन्त्री खतिवडाले आगामी दिनमा पनि चीनको निरन्तर सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।

चिनियाँ राजदूत होउले नेपालमा कोरोना नियन्त्रण र रोकथामका लागि चीनले सदैव सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १७, २०७८  १४:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu