काठमाडौं । कैलाली र सुर्खेतमा लागुऔषधसहित ६ जना पक्राउ परेका छन् ।
कैलालीको धनगढी उपमहानगरपालिका–१, बुद्धमार्गस्थित सडकबाट चार ग्राम १०० मिलिग्राम अवैध लागुऔषध हेरोइनसहित धनगढी–८ बस्ने २४ वर्षीय वसन्त चौधरीलगायत तीनजनालाई प्रहरी टोलीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा पैदलयात्रा गरिरहेका उनीहरूलाई उक्त पदार्थसहित फेलापारी पक्राउ गरेको जनाइएको छ ।
यस्तै, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–८, सुकुमबासी टोल बस्ने १८ वर्षीय किशोरसहित तीनजनालाई ६५० मिलिग्राम अवैध लागुऔषध ब्राउनसुगर र नगद चार हजार ४८० रूपैयाँसहित प्रहरी टोलीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उक्त पदार्थ र नगदसहित फेलापारी नियन्त्रणमा लिएको जनाइएको छ ।