site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सबै किसानले राहत पाउने, ५ अर्ब ५२ करोड राहतमा खर्चिने 

काठमाडौं । वर्षाका कारण धानबालीमा भएको क्षति सम्बन्धमा सरकारले सबै प्रकारका पीडित किसानलाई राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ । 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयकाअनुसार हालसम्मको तथ्यांक अनुसार अनुमानित १ लाख ११ हजार हेक्टर क्षेत्रफलको लागि राहत उपलब्ध गराउन लागेको हो । उक्त हेक्टर जमिनको राहतका लागि अनुमानित ५ अर्ब ५२ करोड रकम हुने मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सन्जेलले जानकारी दिए ।

१० कठ्ठासम्म जमिन भएका साना किसानलाई उत्पादन लागतको ६५ प्रतिशत राहत मन्त्रालयले उपलब्ध गराउने भएको छ । जसमा प्रति कठ्ठा १ हजार ९२१ राहत रकम स्वरुप पाउनेछन् भने प्रतिविघा ३८ हजार ४२० उपलब्ध गराइनेछ ।
 
मझौला किसान (११ देखि ४० कठ्ठासम्म)ले उत्पादन लागतको ३० प्रतिशत राहत रकम पाउनेछन् । जसमा प्रतिकठ्ठा ८८७ र प्रतिविघा १७ हजार ७४० को रकम दिइनेछ । 

ठूला किसान (४१ कठ्ठाभन्दा बढी)ले उत्पादन लागतको २० प्रतिशत राहत पाउनेछन् । जसमा प्रतिकठ्ठा ५९१ र प्रति विघा ११ हजार ८२० राहत रकम पाउनेछन् ।
 
यस्तै, आंशिक क्षतितर्फ सबै वर्गका किसानले उत्पादन लागतको २० प्रतिशत राहत पाउनेछन् । जसमा प्रतिकठ्ठा ५९१ र प्रति विघा ११ हजार ८२० को रुपैयाँ उपलब्ध हुने मन्त्रालयले जनाएको छ । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शुक्रबार, कात्तिक १२, २०७८  १२:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro