राजनीति
काठमाडौं । दमको समस्या बढेर अस्पताल भर्ना भएका क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य(किरण) डिस्चार्ज भएका छन् । थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका उनको स्वास्थ्यमा सुधार आएपछि आज डिस्चार्ज गरिएको हो ।
दमको समस्या बढेपछि उनलाई गत आइतबार नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । त्यसपछि वार्डमा सारेर उपचार थालिएको थियो ।
डिस्चार्ज हुँदै गर्दा नेता वैद्यले आफ्नो उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीको टिमप्रति आभार व्यक्त गरे ।
प्रकाशित मिति: आइतबार, कात्तिक ७, २०७८ १८:४५
प्रतिक्रिया दिनुहोस्