site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
निर्वाचन भएको चार वर्षपछि उल्टियो महोत्तरीमा वडाको मत परिणाम 

जनकपुरधाम । निर्वाचनको चार वर्षपछि महोत्तरीको एउटा वडाको मतगणनामा मत परिणाम उल्टिएको छ ।

महोत्तरीको मनरा सिस्वा नगरपालिका १० को मतगणना आइतबार दिउँसोदेखि उच्च अदालत जनकपुरमा भएको थियो ।

उच्च अदालतका रजिष्ट्रार खड्गराज अधिकारीले दिएको जानकारीअनुसार चार वर्षपछि परिणाम उल्टिएको छ ।
अदालतको आदेशअनुसार पुनः मतगणना भएको थियो ।

त्यसबेला दुवै उमेदवारको समान मत आएपछि गोलाप्रथाबाट नतिजा घोषणा गरिएको थियो । 

पछि पराजित उमेदवारले मुद्दा दर्ता गरेपछि अदालतले विवाद रहेको ठाउँमा पुनः मतगणना गर्ने आदेश दिएको छ । सोही आदेशअनुसार आज पुनः मतगणना भएको हो ।

०७४ असोज २ गते स्थानीय तहको निर्वाचन भएको थियो । निर्वाचन भएको ६ दिनपछि त्यहाँको नतिजा सार्वजनिक गरिएको थियो । 

स्वतन्त्र उमेदवार रमेशकुमार राय र नेपाली कांग्रेसका अरुणकुमार चौधरीबीच कडा प्रतिस्पर्धा देखिएको थियो । अन्तमा दुवै उमेदवारले समान २ सय ६७ मत ल्याएपछि गोला प्रथाबाट चौधरी निर्वाचित भएका थिए ।

पराजय अस्वीकार गर्दै रायले अदालतमा मुद्दा दर्ता गरेका थिए ।

उच्च अदालतले ०७५ असार २१ गते १५ दिनभित्र पुनः मतगणना गर्न आदेश दिएको थियो । उच्च अदालतको आदेशपछि निर्वाचित चौधरी सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्चले उच्च अदालत जनकपुरको आदेशलाई सदर गरिदिएपछि पुनः मतगणना भएको थियो ।

मत गणनाअनुसार राय दुई मतले निर्वाचित भएका थिए । पुनः मतगणनाअनुसार रायले २६८ र चौधरीले २६६ मत ल्याएका छन् ।

 

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, कात्तिक ७, २०७८  १७:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro