site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सरकारले साफ उपविजेता खेलाडीहरूलाई जनही ५ लाख दिने
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । साफ च्याम्पियनसिपमा पहिलोपटक उपविजेता बन्न सफल नेपाली राष्ट्रिय फुटबल टोलीलाई नेपाल सरकारले जनही पाँच लाख नगद पुरस्कार दिने भएको छ । 

मादिल्दभ्सको मालेमा सम्पन्न साफ च्याम्पियनसिपमा नेपाल फाइनलमा चीर प्रतिद्वन्द्वी भारतसँग ३–० ले पराजित भएको थियो । तथापि नेपालले यस प्रतियोगितामा फाइनलसम्मको यात्रा तय गरेको यो पहिलोपटक हो । नेपाली टोली आजै विहान स्वदेश फर्किएको थियो । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

नेपाली टोलीका खेलाडी जनही पाँच लाख र प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई ३ लाख रुपैयाँ दिने नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जनाकारी गराए । आजब बसेको मन्त्रिपरिषद्को नियमित बैठकले फुटबल टोलीलाई नगद पुरस्कार दिने निर्णय गरेको हो ।

पाँच टोली सम्मिलित प्रतियोगिता राउन्ड रोबिन लिग प्रणालीमा खेलाइएको थियो । समूह चरणमा नेपालले दुई खेल जितेको थियो भने एक बराबरी र एक खेलमा हार ब्यहोरेको थियो । नेपालले लिग चरणमा उप विजेता बन्दै फाइनलमा स्थान बनाएको हो ।

Royal Enfield Island Ad

नेपालले पहिलो खेलमा बंगलादेशलाई १–० र दोस्रो खेलमा श्रीलंकालाई ३–२ ले हराएको थियो । तेस्रो खेलमा भारतसँग १–० ले हारेको नेपालले लिगको अन्तिम खेलमा बंगलादेशसँग १–१ को बराबरी खेल्दै फाइनलमा स्थान पक्का गरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक १, २०७८  १७:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro